• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

रामेछाप नगरपालिकामा सिकर्मी र डकर्मी तालिम हुँदै ।। 


भुकम्प प्रतिरोधी सहितको भवन निर्माण सम्बन्धी तालिम रामेछापको रामेछाप नगरपालिकामा हुने भएको छ ।  यही माघ २२ गतेदेखि हेल्वेटास नेपालको आर्थिक सहयोग कान्तिपुर बहु प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा तालिम हुन लागेको हो । तालिम ढुङगे डकर्मीको लागि ५० दिन र निर्माण सिकर्मीको लागि ७ दिन सञ्चालन हुनेछ ।२०७२ सालको विनाशकारी भुकम्प पश्चात पुननिर्माण कार्यका लागि थप टेवा पु¥याउने उद्देश्यले आर्थिक रुपले विपन्न तथा गैरलाभान्वित समुदायका युवाहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको आयोजक सस्थाले जानकारी दिएको छ । तालिममा १९ वर्ष देखि ४५ वर्षसम्म महिला पुरुष दुवैले सहभागीता जनाउन सक्नेछन भने तालिममा सहभागी हुन आफु सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न समेत आयोजकले आग्रह गरेको छ। यो तालिम ओखलढुङगाको लिखु गाउँपालिकामा पनि माघ २२ गतेदेखि नै शुरु हुनेछ ।
 

प्रतिकृया दिनुहोस

२५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा

रामेछाप उमाकुण्ड गाउँपालिकाका राम बहादुर बस्नेतले लाभग्राहीमा नाम नपरेपछि गुनासो भर्नुभएको थियो । तर, लामो समयसम्म गुनासोको नजिताबारे थाहा पाउन

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२

मुलुक सम्बृद्धिको लागि हाइड्रोपावरको विकास आवश्यक छ मन्त्री ढुङ्गेल ।।

प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले मुलुक सम्बृद्धिका लागि हाइड्रोपावरको विकास जरुरी रहेको बताउनुभएको छ । हिमालय