• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछाप नगरपालिका ७ मा पानीमा डुबेर  १८ महिने बालिकाको मृत्यु ।। 


रामेछाप नगरपालिका वडा नम्बर ७ देविथानमा आज घर नजिकै गाडेर राखिएको  ५०० लिटरको  प्लास्टिकको ड्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । ओखलढंगा जिल्ला घर भएका हाल रामेछाप नगरपालिका वडा नम्बर ७ देविथान ससुरालीमा बस्दै आएका अर्जुन ढकालको १८ महिने छोरी लिला ढकालको मृत्यु भएको हो ।  आमा बु्बा काममा व्यस्त भएको समयमा बालिका खेल्ने क्रममा ड्रममा डुब्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिनुभयो । बालिकाको शव पोष्टमार्टनका लागी जिल्ला अस्पताल रामेछापमा राखिएको प्रहरी प्रवक्ता अदालतले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २