• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

रामेछाप नगरपालिकामा थाङ्का लेखन तालिम सुरु ।। 


बौद्धधर्मसँग सम्बन्धित पवित्र धार्मिक कला थाङ्का लेखन तालिम रामेछाप जिल्लाको  रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा  सुरु भएको छ । तालिममा रामेछाप नगरपालिका भरीका विभिन्न गुम्बाहरुका  २० जना प्रतिनिधिहरुलाई थाङ्का लेख्न सिकाइने छ । तालिम २० दिन सम्म सन्चालन हु्नेछ ।  रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले दिप प्रज्वलन गरी तालिमको उद्धघाटन गर्नुभएको हो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति ललितपुरको आयोजनामा सुरु भएको तालिममा व्यवस्थापकिय सहयोग निमा धावा बौद्ध गुम्बा रामेछाप नगरपालिका ८ ले गरेको छ । बललिँदो समयसँगै बौद्ध धर्मका विभिन्न कलाहरु लोप ह्ुन लागेको अवस्थामा नेपाल सरकारको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकामा यो तालिमको आयोजना गरिएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका  उपसचिव मणीराज गुरुङले जानकारी दिनु्भएको छ ।

तालिम उद्धघाटन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरले आयोजकलाई यस्तो महत्वपुर्ण तालिम रामेछाप नगरपालिकामा सन्चालन गरेकोमा धन्यवाद व्यक्क्त गर्दै तालिममा सहभागी प्रशिक्षार्थिहरुलाई राम्रोसँग तालिम सिक्न आग्रह गर्नुभएको छ । उहाँले तालिम पश्चात सिकेको सिपले सम्मान र आयआर्जनका साथै  धर्म,कला ,पेशा र व्यवसाय सन्चालन गर्नमा पनि सहयोग प्ुग्ने बताउनुभयो । तालिममा सहभागि रामेछाप नगरपालिका ८ का प्रशिक्षार्थि पेमा तामाङले आफु तालिममा सहभागि हुन पाउँदा एकदमै खुशि लागेको बताउँदै थाङ्का लेख्न सिकेर आफले यहि पेशा अङगाल्ने बताउनुभयो । २० दिनसम्म सन्चालन हुने तालिममा प्रशिक्षक दोर्जे गुरुङ लामाले प्रशिक्षण दिनुहुनेछ । 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २