• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

रामेछाप कारागारका कैदिबन्दि सहित ११४ जनाले  गरे रक्तदान ।। 

जिल्ला कारागार रामेछापका ७० जना कैदिबन्दिले आज रक्तदान गरेका छन । रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा आयोजित  १ दिने निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा कैदिबन्दिहरुले उत्साहका साथ रक्तदान गरेका हुन । यस अघि कहिले पनि कारागार कार्यलयमा रक्तदान कार्यक्रमको आयोजना नगरिएको र पहिले पटक आफुले रक्तदान गर्न पाउँदा खुशि लागेको कारागारका कैदि कृष्ण थापाले बताउनुभयो । समाजले हामीलाई  हेर्ने दृष्टिकोणमा फरक भएपनि यसरी आफुलाई रक्तदान गेरर समाजसेवा गर्न पाउँदा निकै खुशि लागेको उहाँले बताउनुभयो ।

बज्रमोहन सुभद्रादेवि स्मृति प्रतिष्ठान सालु ढुंगेछाप रामेछापको आयोजना , सारथी युवा क्लब रामेछाप बजारको सह आयोजना , काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँ र नेपाल रेडक्रस सोसाइटी रक्तसन्चार सेवा केन्द्र धनुषाको प्रविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा अन्य ४४ जना स्थानिय नागरीकहरुले रक्तदान गरेका छन ।

रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रममा २८५ जना नागरीकहरुले स्वास्थ्य परीक्षण गराएको बज्रमोहन सुभद्रादेवि स्मृति प्रतिष्ठान अध्यक्ष गोविन्द प्रसाद काफ्लेले जानकारी दिनुभयो । निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्वास्थ्य परीक्षण गराएपश्चात खुशि हुँदै रामेछाप नगरपालिका ६ की ८५ वर्षिया वृद्ध गिता माया खड्काले निशुल्क औषधि उपचार पाउँदा खुशि लागेको बताउनुभयो ।  स्वास्थ्य शिविरमा नाक , कान , घाँटि ,आँखा , स्त्री रोग  र हार्डजोर्नी रागे सम्बन्धि उपचार तथा परामर्श दिइएको थियो । 

प्रतिकृया दिनुहोस

रामेछाप जिल्लामा शव वाहन नहुँदा समस्या ।। 

रामेछाप जिल्लामा  शव वाहन नहुँदा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत शव वाहन नहुँदा अस्पतालमा मृत्यु भएका

वडाकार्यलयद्धारा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सुरु  ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ वडा कार्यलयले वडा भित्र रहेका ३ वटा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सन्चालन गरेको छ । वडा भित्र रहेका ३ वटा

खिजीदेम्बा गाउपालिकाको सबै वडाहरुमा निशुल्क आखाशिविर बस्ने ।

लिला बहादुर सुनुवार,पौस २४ अ‍ोखल्ढुङ्गा । खिजीदेम्बा गाउपालिका अ‍ोखलढुङ्गाको सबै वडाहरुमा यहि माघ १० गते देखी १८ गते सम्म निशुलक आखा शिबिर बस्ने