• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

रामेछापको  सुरक्षा ब्यवस्था कमजोर भएको प्रति चिन्ता ।। 


रामेछापको  मन्थलीमा सामुदायिक प्रहरीले  शुक्रवार आयोजना गरिएको  सार्वजनिक सुनुवाई कार्यक्रममा सभागी भएका सरोकारवालाहरुले जिल्लाको सुरक्षाको अवस्था कमजोर हुँदै गएको प्रति चिन्ता ब्यक्त गरेका छन् ।      जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा सामुदायिक प्रहरीले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका अवसरमा बोल्दै कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् ।  कार्यक्रमका सहभागी प्रदेश नं. ३ का सांसद शान्ति प्रसाद पौडेलले पछिल्लो समयमा जिल्लाको शान्ति सुरक्षा बिग्रिदै गएको भन्दै त्यसलाई सुधार गर्न प्रहरीलाई आग्रह गरे ।  सुन्दा सामन्य लाग्ने भए पनि यथार्थमा सर्वसाधरणका लागि तनावको विषय बन्ने गरेका चोरीका घट्नाहरुले जिल्ला सदरमुकाम र आसपासको बस्तीलाई त्रसित बनाएको सांसद पौडेलले आरोप लगाए । उनले   घर घरमा पसेर दिन दहाडै र साझैमा कन्तुर फोर्ने र मोटरसाईकलको तेल  चोर्ने सम्मका घटना  बाक्लै हुन थालेको भन्दै त्यसको नियन्त्रणको लागि पनि प्रहरी संग आग्रह गरे ।  कार्यक्रमका अर्का सहभागी एवं जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खडकाले पनि पछिल्लो समयमा जिल्लाको सुरक्षा अवस्था खस्किएको अनुभुति सर्वसाधारणले गरेको बताए । मन्तव्यको क्रममा उनले बिशेषगरी जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा नै शान्तिसुरक्षा अवस्था खस्कदै जानु सुखद कुरा नभएको भन्दै प्रहरीको नियमित गस्ति बढाएर सुरक्षाको अवस्थालाई मजवुत वनाउन पनि प्रहरीलाई आग्रह गरे । 
नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुगेल, नागरिक अगुवा रामचन्द्र वियोगी, पत्रकार हिमाल ढुगेल, वद्री नयाँघरे रामेछाप बारका अध्यक्ष विचारसिंह दोङ्ग, लगाएतका सहभागीहरुले सार्वजनिक सुनुवाइका क्रममा सदरमुकाम र जिल्लाको सुरक्षाको अवस्था खस्किएको भन्दै त्यसका लागि प्रहरीलाई गम्भिर हुन पनि आग्रह गरे । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाको यातायातका साधन संचालन र तिनले यात्रीहरुलाई पुर्याएको सुविधा र प्रभावकारीताका वारेमा पनि कुरा उठाएका थिए । त्यस वाहेक जिल्लाको टफिक गतिविधिको अवस्था र स्थानीय निकायको जवाफदेहिताको सम्मको बिषयलाई समेटेर प्रहरी प्रशासनले खेलेको भुमिकाको बारेमा समेत कुरा उठाएका थिए ।  त्यसवाहेक संघियताको गठनसँगै स्थानीय निकायले खेल्नु पर्ने भुमिकामा पनि कमी भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि समेत जनप्रतिनिधिले मुख्य मापदण्ड भित्र राखेर त्यस विषयमा काम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत लगाएतका जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । सहभागीहरुले उठाएको जवाफ दिदै प्रहरी प्रमुख अमरेन्द्रबहादुर सिंहले सार्वजनिक सुनुवाईको क्रममा सरोकारवालाहरुले उठाएको कुराहरु प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको भन्दै नमिलेका कुराहरुलाई आगामी दिनहरुमा मिलाउँदै जान प्रहरी तयार रहेको बताए । उनले प्रहरी र नागरिकहरुको सम्वन्धलाई थप सुमधुर बनाइ शान्तिसुरक्षाको अवस्थालाई थप मजवुद वनाउँदै जान प्रहरी तयार रहेको बताए  । सो अवसरमा उनले प्रहरीले हालसम्म गरेका राम्रा कामहरुको बारेमा समेत जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सार्वजनिक सुनुवाईमा सरोकारवालाहरुले उठाएको प्रश्नको जवाफ दिदै आगामी दिनमा जिल्लाको शान्ति सुरक्षा,वजार अनुगमन, यातायातको व्यवस्थापन र भाडादरमा गरिएको व्यवस्थापनलाई थप वैज्ञानिक बनाउँन प्रशासन तयार रहेको बताए । उनले यसका लागि जनप्रतिनिधि र नागरिक समाज तथा सर्वसाधारण समेत जिम्वेवारीका साथ आ˗आफ्नो ठाउँवाट भुमिका निभाउनु पर्ने धारणा राखेका थिए । 

प्रतिकृया दिनुहोस

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २

सुनकोशी नदीमा बनेको  कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ।। 

रामेछाप( जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको मझुवामा पर्ने सुनकोशी नदी थुनि अवैध रुपमा निर्माण