• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

नगर र गाउँ कार्यपालिका सदस्यको तलब दोब्बर वृद्धि ।। 


प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ । बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो । अब महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगरकाले १३ हजार, नगरपालिकाकाले ११ हजार र गाउँपालिकाकाले ७ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि महानगरका कार्यपालिका सदस्यले ८ हजार, उपमहानगरकाले ७ हजार ५ सय, नगरपालिकाकाले ७ हजार र गाउँपालिकाकाले ६ हजार रुपैयाँ पाउँदै आएका थिए । बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यू भएका परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट १र१ लाख रुपैयाँ दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । बैठकले कृषिक्षेत्रको विकासका लागि ७ वटा कार्य्विधि पारित गरेको मन्त्री ढुंगेलले बताए । कार्य्विधि प्रदेशको भौगोलिक बनावट अनुसार भैंसीपालन, सामूहिक खेती, गाइपालन, चौरी पालन र बोका बाख्रा पालनका लागि बनाइएको प्रवक्ता  ढुङ्गेलले बताए । बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको राजनितिक सल्लाहकारमा नेकपाका नेता जगन्नाथ थपलियालाई नियुक्त गर्ने निर्णय गरेको छ । थपलिया तत्कालिन एमालेको चितवन जिल्ला पूर्वअध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित