• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

रामेछाप बजारमा निशुल्क रक्तदान एवम् स्वास्थ्य शिविर हुने ।। 


रामेछापको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा निशुल्क रक्तदान एवम् स्वास्थ्य शिविर हुने भएको छ ।यही पौष २१ गते शनिवार ब्रजमोहन सुभद्रादेवी स्मृति प्रतिष्ठानको आयोजना तथा रामेछाप नगरपालिका वडा नं ८ को समन्वयमा शिविर हुन लागेको हो । स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकबाट पाठेघर,हाडजोर्नी,नाक,कान घाँटी र आँखाको परीक्षण गर्नेछ ।साथै इच्छुक व्यक्तिले रक्तदान पनि गर्न सकिने रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष केदार कार्कीले जानकारी दिनुभएको छ ।स्वास्थ्य शिविर विहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ भने रक्तदान कार्यक्रम विहान ११ बजेदेखि २ बजेसम्म हुने आयोजकले जानकारी दिएको छ । 
 

प्रतिकृया दिनुहोस

रामेछाप जिल्लामा शव वाहन नहुँदा समस्या ।। 

रामेछाप जिल्लामा  शव वाहन नहुँदा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत शव वाहन नहुँदा अस्पतालमा मृत्यु भएका

वडाकार्यलयद्धारा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सुरु  ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ वडा कार्यलयले वडा भित्र रहेका ३ वटा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सन्चालन गरेको छ । वडा भित्र रहेका ३ वटा

खिजीदेम्बा गाउपालिकाको सबै वडाहरुमा निशुल्क आखाशिविर बस्ने ।

लिला बहादुर सुनुवार,पौस २४ अ‍ोखल्ढुङ्गा । खिजीदेम्बा गाउपालिका अ‍ोखलढुङ्गाको सबै वडाहरुमा यहि माघ १० गते देखी १८ गते सम्म निशुलक आखा शिबिर बस्ने