• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

नमुनादीप युवा क्लबको अध्यक्षमा बस्‍नेत

 

 खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन बस्‍नेतको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।नवनिवार्चित कार्यसमितिको उपाध्यक्षमा निरोज पौडेल, सचिवमा प्रज्वल पौडेल, सहसचिवमा डिल्लीबहादुर तामाङ र कोषाध्यक्षमा सुजन घिमिरे सर्वसम्मत भएका छन् ।त्यसैगरी सदस्यहरूमा निरज पौडेल, सुदीप निरौला, युवराज सुनुवार, यशोधा पौडेल, शीला गौतम, सम्झना कार्की, आनन्द सुनुवार, र कुमार दर्जी रहेका छन् ।नवनिर्वा्चित क्लबका अध्यक्ष राजन बस्‍नेत (भान्जा) ले खेलकुद क्षेत्रको विकासमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने– ’जिल्लामा आफ्नो कार्यकालमा युवाहरुलाई समेट्दै जिल्लाकै नमुना क्लबको रुपमा विकास गरी प्रभावकारी रुपमा काम गर्छु ।’                                                    
उनले सरकारी तथा गैह्रसरकारी संघरसंस्थासँग समन्वय गर्दै अगाडि बढ्ने बताए । बस्‍नेतले जिल्लामा सामाजिक, आर्थिक रूपान्तरणको अभियानमा क्लबले काम गर्ने उल्लेख गरे ।उपाध्यक्ष निरोज पौडेलले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पुर्‍याउने बताए । उनले युवाको सीप क्षमतालाई अभिवृद्धि गर्न संस्थाले आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने धारणा राखे ।क्लबका सल्लाहकार निर्मल पौडेलले भलिबल खेलको क्षेत्रमा क्लवले गरेको योगदानको कदर गर्दै आगामी दिनमा अझ सशक्त भई खेलकुद तथा सामाजिक विकासमा लाग्नुपर्ने धारणा राखे। कार्यक्रम निवर्तमान अध्यक्ष विष्णु पौडेलको सभाअध्यक्षतामा भएको थियो । २०६५ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नमुनादीप युवा क्लबको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौं र शाखा कार्यालय सैपु रामेछापमा रहेको छ। क्लबले राष्ट्रियस्तरका भलिबल प्रतियोगिता गर्नुका साथै सामाजिक क्षेत्रमा विविध काम गर्दै आएको क्लबका सचिव प्रज्वल पौडेलले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

युनाइटेड मन्थलीले जित्यो १ लाख ११ हजारको दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी ।। 

दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी मन्थली युनाइटेड समाजले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा

रामेछापमा जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता हुदै ।। 

रामेछापमा दोेश्रो वीर गणेशमान सिंह स्मृति रामेछाप जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ । यही मंसिर २५