• ON AIR
  • UP NEXTहजुरको खवर

श्री समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको एघारौ वार्षिक साधारण सभा सम्पन्न ।। 


रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको श्री समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी सस्थाका अध्यक्ष मिरा घिमिरेको अध्यक्षता एवम् रामेछाप नगरपालिका नगरप्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सहकारी भवन प्राङगण मानेडाँडामा कार्यक्रम सम्पन्न भएको हो । २०६२ सालमा स्थापना भएको सहकारीमा अहिले किशोरी सदस्य १७६,बालबालिका सख्या ५८ जनासहित जम्मा ७ सय ४९ जना शेयर सदस्य रहेका छन् । आ व ०७५÷०७६ सम्ममा संस्थाले ९ सय शेयर सदस्य बनाउने लक्ष्य लिएको छ । समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आर्थिक वर्ष ०७४÷०७५ को कुल आम्दानी १३ लाख ४५ हजार ७ सय १ रहेको छ भने जम्मा खर्च ५ लाख ६९ हजार २ सय ५० रहेको छ भने आ.व ०७५÷०७६ मा २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ।कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका प्रमुख नर वहादुर थापा मगरले छरिएका आर्थिक श्रोतहरुलाई एकढिक्का बनाएर उत्पादनमा लगानी गर्न सहयोग पु¥याउने माध्यम सहकारी भएकाले यसलाई अझ अगाडी बढाउन नगरपालिकाले केही बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ ।

यस्तै कार्यक्रमका अतिथि एवम् रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष केदार कार्कीले सहकारी मार्फत लगेका ऋणहरुलाई तरकारी खेती,बाख्रापालन जस्ता उत्पादनशील क्षेत्रमा प्रयोग गर्न उपस्थित सबैलाई आग्रह गर्नुभएको छ ।सस्थाले यो वर्ष घरेलु हिंसाका उजुरीहरुमा सहयोग गरेको,नगरस्तरमा महिला सञ्जाल गठन एवम् अभिमुखिकरण तालिम,१६ दिने लैङिगक हिंसा सम्वन्धि कार्यक्रममा सहभागी भई सडक नाटक,दोहोरी गीत लगायत सस्थामा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि सम्वन्धि अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरेको आज भएको साधरण सभा बैठकमा सस्थाकी सचिव निरमाया शाहीले जानकारी दिनुभएको छ ।सस्थाकी अध्यक्ष मिरा घिमिरेले आगामी दिनमा पनि सबै दिदीवहिनीसँग सहकार्य,समन्वय गरेर अगाडी बढने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।कार्यक्रममा सहकारीलाई सफलपुर्वक अगाडी बढाउन शुरुवाती दिनदेखि विशेष सहयोग गर्दे आएका शेयर सदस्यहरुलाई सम्मान पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित