• ON AIR
  • UP NEXTटाइम पास

रामेछापको तामाकोशी सहकारी अस्पतालमा मिर्गौलाको निःशुल्क डायलाइसिस सेवा सुरु ।। 


रामेछापको सदरमुकाम मन्थलीमा रहेको  तामाकोसी सहकारी अस्पतालमा मिर्गौलाको निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ ।  बुधबारदेखि ५ वटा मेसिनमार्फत सो सेवा सुरु गरिएको  अस्पताल सञ्चालन समितिका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जानकारी दिए । तामाकोशी सहकारी अस्पताललाई चँुजी फाउण्डेसन मलेसियाले उपचारका लागि आवश्यक उपकरणहरु अनुदानमा उपलब्ध गराएको थियो । केन्द्रीय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा अस्पतालले मन्थली मिर्गौला उपचार केन्द्र स्थापना गरी सेवा आरम्भ गरेको छ । रामेछाप जिल्लामा मात्रै एकसय पचास भन्दा बढी मिर्गौला रोगी भएको अवस्थामा डायलासिस सेवाले सहज हुने अध्यक्ष घिमिरेले बताए ।  रामेछापबाहेक पूर्वमा विराटनरमा मात्र डायलासिस सेवा भएकोले सोलुखुम्बु, ओखलढुंगा, दोलखा, सिन्धुली, महोत्तरीलगायतका जिल्लाका विरामीलाई पनि उपचारको लागि मन्थली पायक पर्ने घिमिरले जानकारी दिए ।  अस्पतालको प्रङ्गडमा पुजा पाठ गरी सूरुवात गरिएको यस उपचार केन्द्रमा एक पटकमा ५ जना विरामीको डायलाइसिस हुन्छ । एकजना विरामीको उपचारमा ४ घण्टा लाग्ने भएकोले एक दिनमा १५ जना विरामीको उपचार हुने घिमिरेले बताए । यो सेवा विरामीहरुले निःशुल्क पाउने छन् । तामाकोसी सहकारी अस्पताल मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा सञ्चालित अस्पताल हो । यो अस्पताल सहकारीका शेयर सदस्यहरुबाट सञ्चालनमा रहेको छ । सो अस्तापलले आँखा तथा दाँतको सेवा लगायत अत्याधुनिक उपचार सेवा प्रदान गर्दै आइरहेको छ । सरकारले मृगौलाका डायलाइसिस गर्नु पर्ने बिरामीलाई निःशुल्क उपचार गरिदिने घोषणा अनुसार अत्याधुनिक मेसिनहरु द्धारा गरिने यो  प्रबिधि बाट धेरै मृगौलाका रोगीहरुले सहजै सेवा प्राप्त गर्न सक्ने सहकारी अस्पतालका निर्देशक डा सुमन कर्माचार्य ले बताए ।  काठमाण्डौ लगाएतका ठुला शहरहरुमा यो सेवा रहेपनि बेडको अभावमा उपचारका लागि पर्खनु पर्ने झन्झट बाट मुक्ती भएको खाँडादेवी गाउपालिका स्थीत माकादुमका मृगौला रोगी मोबिन्द्र तमाङ ले बताए । काठमाण्डौमा आवत जावत र बेड खाली नहुदा कुरिरहनु पर्ने भञ्झट आफ्ना लागि हटेको र आफनै जिल्लामा यो सेवा सुरु भई सहज तरिकाले उपचार पाउदा आफुलाई अत्यन्तै खुसी लागेको पनि तमाङ ले बताए ।  
 

प्रतिकृया दिनुहोस

रामेछाप जिल्लामा शव वाहन नहुँदा समस्या ।। 

रामेछाप जिल्लामा  शव वाहन नहुँदा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत शव वाहन नहुँदा अस्पतालमा मृत्यु भएका

वडाकार्यलयद्धारा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सुरु  ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ वडा कार्यलयले वडा भित्र रहेका ३ वटा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सन्चालन गरेको छ । वडा भित्र रहेका ३ वटा

खिजीदेम्बा गाउपालिकाको सबै वडाहरुमा निशुल्क आखाशिविर बस्ने ।

लिला बहादुर सुनुवार,पौस २४ अ‍ोखल्ढुङ्गा । खिजीदेम्बा गाउपालिका अ‍ोखलढुङ्गाको सबै वडाहरुमा यहि माघ १० गते देखी १८ गते सम्म निशुलक आखा शिबिर बस्ने