• ON AIRहजुरको खवर
  • UP NEXTरोजाई तपाईको

२५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा


रामेछाप उमाकुण्ड गाउँपालिकाका राम बहादुर बस्नेतले लाभग्राहीमा नाम नपरेपछि गुनासो भर्नुभएको थियो । तर, लामो समयसम्म गुनासोको नजिताबारे थाहा पाउन सक्नु भएन । सोध्नलाई काठमाडौं आउन पनि समय र खर्च लाग्थ्यो । उहाँले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पैसा नलाग्ने टेलिफोन सेवा सुरु गरेको र त्यसमा फोन गरेर आफ्नो समस्या राखे सहयोग मिल्ने थाहा पाउनु भयो । उहाँले प्राधिकरणको हेल्पलाइन नम्बर पत्ता लगाउनु भयो र फोन गर्नु भयो । नभन्दै हेल्पलाइनका अपरेटरहरुले उहाँको नजिताको बारेमा प्राधिकरणका अधिकारीहरुसँग सोधखोज गरी जानकारी गराइदिए । बस्नेतले त्यसपछि प्राधिकरणको हेल्पलाइनबारे अन्यलाई पनि जानकारी दिनुभयो । कति लाभग्राहीका समस्याबारे आफैं फोन गरेर पनि सोधिदिनु भयो । प्राधिकरणद्वारा संचालित टोल फ्रि हेल्पलाइनबारे शुक्रबार राजधानीमा आयोजित छलफल कार्यक्रममा बस्नेतले प्राधिकरणको हेल्पलाइनबाट समस्यामा परेका आफनो र छिमेकी गाउँपालिकाका भूकम्प प्रभावितलाई निकै सजिलो भएको अनुभव सुनाउनुभयो । पैसा नलाग्ने दुई टेलिफोन नम्बरमा फोन गरेर लाभग्राही वा अन्य व्यक्तिले पुनर्निर्माणसँग सम्बन्धित जुनसुकै जिज्ञासा राख्न सक्छन् । प्राधिकरणले सन् २०१७ मे महिनादेखि १६६०–०१–७२००० (एनटिसी) र ९८०१५–७२१११ (एनसेल) का दुईवटा नम्बरका हेल्पलाइन सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली टोल फ्रि सेवाबाट प्राप्त सूचना तथा सुझावबाट केन्द्रमा नीति बनाउन तथा निर्णय गर्न मद्दत मिलेको बताउनु हुन्छ । टोल फ्रिबाट प्राप्त सुझावका आधारमा कैयौं व्यवस्था गरिएको जानकारी दिंदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा लाभग्राहीसँगको दोहोरो संचार महत्वपूर्ण हुने बताउनु भयो । टोल फ्रि हेल्पलाइनका फोकल पर्सन तथा पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार हालसम्म २५ हजार लाभग्राही तथा अन्य व्यक्तिले फोन गरेर यसको सेवा लिइसकेका छन् । यस सेवाबाट प्राधिकरणका नीति, निर्णयहरुको बारेमा जानकारी लिनेमात्र होइन निजी आवास निर्माणलगायतका पुनर्निर्माणका क्रममा आइपर्ने समस्या तथा गुनासाहरुको बारेमा उपाय खोज्न पनि सकिन्छ । हेल्पलाइन सेवाकी अपरेटर आस्था आचार्यका अनुसार हाल सबैभन्दा बढी फोन लाभग्राहीमा पर्नका लागि भरिएको गुनासोको नजितासँग सम्बन्धित छ । त्यसैपछि, क्रमशः अनुदानको किस्ता, प्राविधिक निरीक्षण, प्रशासनिक प्रक्रिया, बैंकिङ प्रक्रिया, जिल्ला परिवर्तन तथा जग्गाबारे बढी जिज्ञासा हुने गरेको छन् । हाल हेल्पलाइनमा दुई जना अपरेटर हुनुहुन्छ । अफिस समयमा उहाँहरु प्रत्यक्ष कुराकानी गरेर संभव भए तत्कालै जिज्ञसाको समाधान गर्नुहुन्छ । प्राधिकरणका अधिकारीहरु सोध्नुपर्ने जिज्ञासा रहेछ भने सम्बन्धित अधिकारीलाई सोधेर कल ब्याक गर्नुहुन्छ । अफिस समयभन्दा अन्य समयमा आएका टेलिफोन भने रेकर्डरमा संग्रहित हुन्छन् जसको अफिस खुलेपछि अपरेटरले सुनेर कल ब्याक गर्नु हुन्छ ।


 

प्रतिकृया दिनुहोस

रामेछाप नगरपालिकामा सिकर्मी र डकर्मी तालिम हुँदै ।। 

भुकम्प प्रतिरोधी सहितको भवन निर्माण सम्बन्धी तालिम रामेछापको रामेछाप नगरपालिकामा हुने भएको छ ।  यही माघ २२ गतेदेखि हेल्वेटास नेपालको आर्थिक सहयोग

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२

मुलुक सम्बृद्धिको लागि हाइड्रोपावरको विकास आवश्यक छ मन्त्री ढुङ्गेल ।।

प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले मुलुक सम्बृद्धिका लागि हाइड्रोपावरको विकास जरुरी रहेको बताउनुभएको छ । हिमालय