• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

युनाइटेड मन्थलीले जित्यो १ लाख ११ हजारको दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी ।। 


दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी मन्थली युनाइटेड समाजले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा प्रथम हुँदै युनाइटेड समाजले १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको हो । त्यस्तै प्रतियोगिताको उपबिजेता हुँदै प्याराडाइज युवा क्ल्ब खिम्तीले ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ भने तृतिय हुँदै शिवालय युवा क्लबले ३३ हजार ३ सय ३३ रुपैयँमा चित्त बुझाएको छ । खेलमा सान्तवना पुरस्कार पाएको शान्ति विकास कल्याण समाज पिङ्खुरी ११ हजार १ सय ११ रूपैयाँ प्राप्त गरेको छ । राष्ट्रिय खेलको रुपमा रहेको भलिवल खेलप्रति पछिल्लो समयमा खेलाडीको चासो घट्दै गएकाले खेलप्रतिको चासो र जिल्लामा खेलाडी उत्पादनमा सहयोग पुग्ने उद्देश्यले जिल्ला स्तरीय खेलको आयोजना गरिएको आयोजकले बताएको छ । मंगलबारदेखि सुरु भएको खेलमा जिल्ला भित्रका १२ टिमको सहभागीता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

नमुनादीप युवा क्लबको अध्यक्षमा बस्‍नेत

   खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा

रामेछापमा जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता हुदै ।। 

रामेछापमा दोेश्रो वीर गणेशमान सिंह स्मृति रामेछाप जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ । यही मंसिर २५