• ON AIR
  • UP NEXTहजुरको खवर

वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गर्यो , नेता सिंह ।। 


राजन महतारा क्षेत्री । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनु भएको छ । निर्मला पन्तको बलत्कार पछि हत्या भएको यतिका समय भइसक्दा पनि सरकार कानमा तेल हालेर बस्नु अत्यन्त दुखद कुरा भएको बताउँदै नेता  सिंहले  वर्तमान सरकारको नारा सुखि नेपाली सम्वृद्ध नेपाल नारामै मात्र सिमित रहेको बताउनुभयो । नेता सिंहले नेपाली  कांग्रेस पार्टी विधान बिपरीत चलेकाले गुट मौलाएको बताउनुभएको छ । नेपाल प्रेस युनियन रामेछापले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  नेता सिंहले विभिन्न राजनीतिक मुद्धामा विधानलाई बेवास्त गरेर अघि बढेको कारण पार्टीमा विभिन्न गुट–उपगुट मौलाउँदै गएको बताउनुभयो  । जुनसुकै काम गर्ने बेला पनि विधान छ भन्ने कुरा कसैले पनि नसम्झिदाँ पार्टीले अहिले ठूलो दुर्घटना बेहोर्नु परेको उहाँको भनाई थियो   । पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले सबैको कमी कमजोरीको कारण गएको निर्वाचनमा कांग्रसलाई इतिहासमै ठूलो घाटा लागेको बताउनुभयो । लोकतान्त्रिक पार्टीमा कसैको कुरा नसुनिकन एकलौटी ढंगले अगाडी बढ्दै जाने हो भने काग्रेसलाई यो भन्दा ठूलो क्षेती पुग्ने समेत सिंहले बताउनुभयो । नेपाल लोकान्त्रिक खेलकुद संघको आयोजनामा  आज देखि सुरु भएको दोस्रो गणेशमान सिंह स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगितमा सहभागी हुन नेता सिंह रामेछाप आउनुभएको हो । 
 

प्रतिकृया दिनुहोस

खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त ।।

रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष

नेपाल सरकारले पुष्पलाल पार्क बनाउन आवश्यक तयारी गरिसकेको पुर्व शिक्षा मन्त्री शर्माको भनाई ।। 

रामेछाप नगरपालिका वडा  नम्बर ८ भंगेरीमा  पुष्पलाल पार्क बन्ने पक्का भएको छ ।  माक्सवाद र लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा

 तराइका स्थानीय तहका जनप्रतिनिधिहरु लुटेराको शैलीमा काम गर्छन    – किरण देवी यादब 

नेपाली काग्रेस कि केन्द्र्रीय सदस्य किरण देवी यादव ले तराइका स्थानीय तह मा बिजयी हुने जनप्रतिनिधिहरुको कार्यशैली लुटेराहरुको जस्तो भएको दावी गर्नु