• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

रामेछाप नगरपालिकाभित्र एक रुपैयाँ पनि भ्रष्टाचार हुन दिन्नः नगर प्रमुख मगर ।। 


स्थानीय तहमा जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन नै नगरी अनियमितता भएको आरोप र आवज उठन थालेको छ । निर्वाचनको क्रममा विकास र समृद्धिको नारा अगाडि सारेका जनप्रतिनिधिहरुले विकास निर्माणको काम अगाडि बढाउने कोशिस पनि गरेका छन् । तर अपेक्षाकृत रुपमा भने परिणामा निकाल्न सकिरहेका छैनन् । स्थानीय तहमा हुने विकास निर्माणको काम पारदर्शी हुनु पर्ने आवाज पनि उठदै आएको छ । रामेछापको रामेछाप नगरपालिकाभित्र पनि विकास निर्माणको काम धमाधम अगाडि बढेको छ । विकास निर्माणको काम पारदर्शी बनाउने गरी काम सुरु गरेको दावी रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरको छ । यसै विषयमा रामेछाप नगरपालिकाभित्र भएको विकास निर्माणको काम र आगामी योजना लगायतको विषयमा केन्द्रीत रहेर रामेछाप नगरपालिका नगर प्रमुख नर बहादुर थापामगरसँग राजन महतारा क्षेत्रीले गरेको कुराकानीः–
रामेछाप नगरपालिकाले गरेका कामहरु कतिको पारदर्शी छ ?
हामीले गरेका कामहरु पारदर्शी बनाउनको लागि विकास निर्माणको काम गर्नुपूर्व नै कार्य्विधि बनाएका छौं । सोही कार्य्विधि अुनसार उपभोक्ता समिति गठन गरेर काम गरिरहेका छौं । हरेक विकास निर्माणको काममा सार्वजनिक सुनुवाई गर्ने, नगरपालिकाभित्र भएका कामहरुको अनुगमन गर्ने, नगरका काम कार्यहरु कार्यपालिकाले निर्णय गरे अनुसार गर्ने लगायतको काममा प्रतिबद्ध भएर लागेका छौं ।

शिर्षक अनुसार काम नभएको गुनासो छ नि ?
जुन शीर्षको लागि भनेर हामीले बजेट छुटाएका हुन्छौ । त्यो बजेट त्यहीँ शिर्षकमा नै खर्च भएको छ । यदी त्यहीँ शिर्षकमा खर्च भएन भने पनि अथवा आवश्यक परेन भनेर आएको खण्डमा नगर सभाले अनुमोन गरेर परिवर्तन गर्ने भन्ने निर्णय पनि हामीले कार्यपालिका बैठकमा गरेका छौ ।

नगरपालिकाभित्र जनअपेक्षा अनुसार काम नएन भन्ने आरोप छ नि ?
नगरपालिकाको विकास गर्न हामी रात दिन नभनि लागेका छौं । रामेछाप नगरपालिकामा मात्र नभएर देशका धेरै स्थानीय तहहरुमा दक्ष कर्मचारीको अभाव छ । तर जति कर्मचारी छन उहाँहरुले आफूले गर्नुपर्ने कामहरु गरिरहनुभएको छ । उहाँहरुले गर्ने काम चित्त बुझ्दो नै छ ।

विकास निर्माणको काम पारदर्शी रुपमा अगाडि बढाउनको लागि के योजना अगाडि सार्नुभएको छ ?
रामेछाप नगरपालिकाभित्र कुनै पनि प्रकारको भष्टाचार हुन नदिन हामीले कार्य्विधि अनुसार अगाडि बढेका छौ । उपभोक्ता समिती कार्य्विधि अनुसार नै बनाएका छौ । विकास निर्माणको सबालमा सार्वजनिक सुनुवाइ गरेका छौ । अब नगरभित्रका प्रत्येक वडामा हामीले सार्व्जिक सुनुवाइ गर्दै छौ । सुशासन कायम गर्नको लागि हामीले हरेक तहमा अनुगमन गर्ने गरेका छौ ।

तर सार्वजजनिक सुनुवाइमा नगरपालिकाका कर्मचारी भन्दा बाहेकका कोही पनि उपस्थित भएनन भन्ने नागरिकहरुको गुनासो छ । यही हो त पारदर्शीता ?
हैन, हामीले सार्वजनिक सुनुवाइ कार्यक्रम हुँदै छ भनेर मिडिया मार्फत सुचना बजाएका थियौ । भुगोलको हिसाब अथवा भनौँ कामको व्यस्तताले नागरिकहरु उपस्थित हुन सक्नुभएन । अनि नगरका प्रत्येक वडामा सार्वजनिक सुनुवाइ भएको कारणले पनि नगरको सार्वजनिक सुनुवाइमा धेरै नागरिकहरु उपस्थित हुन नसक्नु भाको हो जस्तो लाग्छ ।

यदि रामेछाप नगरपालिकामा भ्रष्टाचार भएको कुरा बाहिर आयो भने नगरपालिकाले के गर्छ ?
रामेछाप नगरपालिकामा भ्रष्टचार भयो भन्ने कु्रा बाहिर आउँदैन । हामीले गरेका कामहरु सबै पारदर्शी नै छन् । म आफु पनि भ्रष्टचार गर्दिन र भ्रष्टचार गर्ने जो कोहीलाई पनि छोड्दिन । त्यसैले स्थानीय तह ऐनमा जे उल्लेख छ त्यही अनुसार भ्रष्टाचार गर्नेलाई कार्बाही गर्न म लागि पर्ने छु ।

भ्रष्टाचार मुक्त रामेछाप नगरपालिका बनाउन कसले के गर्नुपर्ला ?
त्यसको लागि नगरका हरेक कामहरुको एउटा कार्य्विधि नै बनाएर हामी अगाडी बढेका छौ । सार्वजनिक सुनुवाइ र कामहरुको अनुगमनलाई हामीले प्राथमिकतामा राखेर अगाडी बढेका छौ । अब सबैभन्दा ठुलो कुरा इमान्दारीता हो । जो कर्मचारी इमान्दार छ उसले भ्रष्टाचार गर्दैन । त्यसैले सबै जना इमान्दार भएर काम गर्ने हो भने भ्रष्टाचार हँदैन ।
 

प्रतिकृया दिनुहोस

सहकारीहरुको संख्यात्मक वृद्घि भन्दा गुणात्मक रुपमा वृद्घि आवश्यक छ: पौडल

काठमाडौंको बालाजुमा रहेको इकोहिमाल बचत तथा ऋण सहकारी सस्थाका सचीव तथा प्रबन्ध निर्देशक लेखनाथ पौडलेसँग सहकारीको वर्तमान अवस्थाको बारमा रहेर भवानी

रामेछाप नगरपालिकाभित्र एक रुपैयाँ पनि भ्रष्टाचार हुन दिन्नः नगर प्रमुख मगर ।। 

स्थानीय तहमा जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन नै नगरी अनियमितता भएको आरोप र आवज उठन थालेको छ । निर्वाचनको क्रममा विकास र समृद्धिको नारा अगाडि

बिपी राजमार्ग साईकल  चलाउन मात्र बनाएको बाटो भनिदिनुस् न हामी गाडि नै चलाउँदैनौ, प्रदेश ३ का अर्थ मन्त्रि ढुंगेल । 

बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु पर्ने माग गर्दे ब्यवसायीहरु केहि दिनदेखि रामेछापको सदरमुकाम मन्थलीमा