• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछाप रामपुरका २ सय २० घरपरिवारलाई गरिब परिचयपत्र वितरण ।। 


रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा २ सय २० जनालाई गरीब घरपरिचयपत्र वितरण गरिएको छ। गरीबीको सुचीमा परेको ३६५ जना घरपरिवारमध्ये २ सय २० जनालाई परिचयपत्र वितरण गरिएको वडाध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभएको छ । छनोटमा परेका २ सय २० भन्दा बाँकी घरपरिवार परिचयपत्र लिन नआएकाले वितरण गर्न बाँकी रहेको र अव पुसको १५ गतेतिर जेष्ठ नागरिक परिचयपत्र सँगै गरीब परिचयपत्र पनि वितरण गरिने वडाध्यक्ष तामाङको भनाई छ । पहिचान गरिएका गरिब परिवारलाई अति, मध्यम र सीमान्तकृत गरी तीन समूहमा वर्गीकरण गरिएको छ । अति गरीब घरपरिवारलाई रातो,मध्यम घरपरिवारलाई पहेलो र सामान्य गरीव घरपरिवारलाई निलो परीचयपत्र वितरण गरिएको छ । गरिब घरपरिवार समन्वय बोर्डले विभिन्न २५ जिल्लाको जनसांख्यिक तथा मानवीय अवस्था, घरको अवस्था, घरको सुविधा, घरको सम्पत्ति, भौगोलिक स्थिति र जातजातिगत गरिबीको अवस्थालगायत विभिन्न १८ सूचक र उपसूचकहरूका आधारमा १२ लाख २४ हजार ४ सय १७ परिवारमध्ये ३ लाख ९१ हजार ९ सय ३१ घरपरिवारलाई गरिब पहिचान गरेको थियो । 
 

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित