• ON AIRहजुरको समाचार
  • UP NEXTबिभिन्न लोक गितहरु

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।


तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै लिफ्ट मार्फत पानी ल्याइदिए पछि त्यहाँका स्थानीय खुशी भएका छन् ।रामेछाप जिल्लाको साविकको सुख्खाग्रस्त गा. वि.स मध्येको एक रामपुर गा.वि.स पनि हो ।जहाँ नेपाल रेडक्रस सोसाइटीको भुकम्प प्रतिकार्य कार्यक्रम मार्फत,रेडक्रिसेन्ट सोसाइटीको आर्थिक तथा प्राविधिक सहयोगमा रामेछाप नगरपालिकासँगको सहकार्य र स्थानीयको श्रमदानबाट निर्माण गरिएको बालकन्या लिफ्ट खानेपानी योजना तथा बाल लैङिगक तथा अपाङगमैत्री शौचालय हस्तान्तरण कार्यक्रम आज रामपुर चारघरेमा सम्पन्न भएको छ ।

नेपाल रेड्क्रस सोसाइटी रामेछापका सभापति शिव कार्कीको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी केन्द्रिय अध्यक्ष संजीव थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटीको १ करोड ४३ लाख,रामेछाप नगरपालिकाको ४३ लाख ५४ हजार,समुदायको नगद १३ लाख ७० हजार र समुदायको श्रमदान ६० लाख ५७ हजार गरी कुल २ करोड ६० लाख ८७ हजार लागतमा सम्पन्न खानेपानी योजनाबाट २२१ घरधुरीको १ हजार ५ सय ८ जना लाभान्वित भएका छन् ।खानालाई समेत पानी पाउन धौ धौ परेको बेला घरघरमै पानी आएपछि निकै खुशी लागेको र रातदिन नभनी पानीको लागि खोला रुग्नु पर्ने बाध्यताबाट छुटकारा मिलेको स्थानीय शेर बहादुर श्रेष्ठले बताउनुभएको छ ।

साथै रेडक्रस सोसाइटीले ४४ वटा सामुदायिक बालमैत्री धारा र श्री जनता मा वि मा पनि २ वटा बालमैत्री धारा निर्माण गरेका छन् ।कार्यक्रममा बोल्दै वडा नं ५ का वडाध्यक्ष भिम बहादुर तामाङले रेडक्रसले गरेको कामप्रति धन्यवाद व्यक्त गर्दै निर्माण भएका संरचनाहरुको आगामी दिनमा पुन मर्मत सम्भार र अनुगमनका लागि सधै वडा कार्यालय तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

२० हजार जरिवानासहित शुभलक्ष्मी हार्डवेयर पसलको ताला खोल्यो 

जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा संचालित एक हार्डवेर पसलमा लगाएको ताला खोलेको छ । हार्डवेयर पसलले म्याद गुज्रीएको सामान बेचेको