• ON AIRबिभिन्न लोक गितहरु
  • UP NEXTलोक कोशेली

२० हजार जरिवानासहित शुभलक्ष्मी हार्डवेयर पसलको ताला खोल्यो 


जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा संचालित एक हार्डवेर पसलमा लगाएको ताला खोलेको छ । हार्डवेयर पसलले म्याद गुज्रीएको सामान बेचेको ,प्राइभेट फर्म नविकरण नगरेको र बिलहरुमा अनियमितता गरेको शुभलक्ष्मी हार्डवेयरको ताला २० हजार जरिवाना सहित खोलेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको गएको जिल्ला अनुगमन समितिको टोलिले बुधबार शुभलक्ष्मी हार्डवेयर तथा सप्लायर्समा शिलबन्दी गरेको थियो ।उक्त हार्डवेयरका सञ्चालक सिताराम श्रेष्ठले बजार अनुगमन टोलीलाई अनुगमन गर्दा सहयोग नगरेको,म्याद गुज्रिएको सामान राखेको स्वीकार गरेको हुनाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को तत्काल जरीवाना गर्न सक्ने दफा १ अनुसार रु बीस हजार जरिवाना गरि सिल खोलिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।साथै आ.व २०७५,०७६ को करचुक्ता निर्धारित समयमा गर्न र एक हप्ता भित्र नवीकरण गर्न निर्देशन दिएको छ । 
 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै