• ON AIRबिभिन्न लोक गितहरु
  • UP NEXTलोक कोशेली

भुकम्प पीडित विपन्न नागरिकको घर अब सरकारले बनाउछः ज्ञवाली


राजन महतारा क्षेत्री ,  राष्टिय पुन निर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञावलीले अब निजि आवास पुन निर्माण समयमै सम्पन्न गर्न स्थानिय तहलाई जिम्मा दिइने बताउनुभयो । भुकम्प गएको ३ वर्ष पुरा भइसक्दा नेपालमा ७८ प्रतिशत घरहरु बन्दै गरेको र बनेका ४३ प्रतिशत घरमा नागरीकहरु बसिसकेको उल्लेख गर्दै ज्ञावलीले गरिव ,विपन्न भूमिहिन  र अशक्त भुकम्प प्रभावितको बन्न बाँकि घर स्थानिय तहले सिफारीस गरेको आधारमा सरकारले बनाउन सहयोग गर्ने बताउनु भयो । रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्रि गौरीशंकर माध्यमिक विद्यालय भवन हस्तान्तर कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत ज्ञावलीले भुकम्प प्रभावित जिल्लामा निजि आवास पुन निर्माणले तिव्रता लिएको बताउनुभयो । रामेछाप जिल्लामा ५ वटा विद्यालय निर्माणकै चारणमा रहेको बताउँदै केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (शिक्षा )का आयोजना निर्देशक इमनारायण श्रेष्ठले अमेरिकन सहयोगमा करडौँ खर्च गरेर निर्माण भएका भवनहरु समय समयमा मर्मत सम्भार गरिरहनु पर्ने हुनाले  स्थानिय तहले मर्मत सम्भारको जिम्मेवारी लिनुपर्ने बताउनुभयो । भवन हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदुत ¥यान्डी बेरी पनि सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै  अमेरिकी राजदुत बेरीले २०७२ को भुकम्प पश्चात प्रभावित नेपाली नागरीकहरुको उद्धार र सहयोगमा अमेरिकी  सरकारले १९ करोड अमेरिकी डलर भन्दा बढि लगानी गरिसकेको बताउँदै नेपालका ४३ हजार घरपरिवारलाई आधुनिक तथा सुरक्षित घर पुननिर्माणमा सहयोग गरिसकेको बताउनुभयो । राजदुत बेरीले सुरक्षित पुननिर्माणको कार्यमा नेपाल सरकार र नेपालीहरुसँग  सहकार्य गर्न पाउँदा अमेरिका गौरवाविन्त रहेको उल्लख गर्दै आगामी दिनहरुमा पनि नेपालको शैक्षिक क्षेत्रमा धेरै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरले करडौँ रकम खर्च गरेर नयाँ बनाइएका  विद्यालय भवनको रेखदेख र समय समयमा मर्मत सम्भारमा नगरपालीका सहयोग गर्ने बताउनुभएको छ । विद्यालयको संरचनाको रेखदेख र सुरक्षाका लागि रामेछाप नगरपालिकाले सिसि क्यामेरा जडान गर्नेछ ।

श्री गौरीशंकर माविका प्रधानाध्यापक निर बहादुर कार्कीले स्वागत मन्तव्य राख्दै आफुहरुले परिकल्पना गरेको विद्यालय भवन बनेँकोमा खुशि लागेको बताउनुभयो । उहाँले सुन्दर र आकर्षक विद्यालय भवन जस्तै  विद्यालयको शैक्षिक गुणस्तरमा पनि आमुल परिवर्तन ल्याउने दाबि गर्नुभयो । विद्यायलमा आयोजित एक कार्यक्रमका विच नयाँ बनेँको विद्यालय भवनको चावि  हस्तान्तरण गरिएको छ । केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (शिक्षा )का आयोजना निर्देशक इमनारायण श्रेष्ठले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पवित्रा श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरलाई संयुक्त रुपमा चावि हस्तान्तरण गर्नुभएको हो । भवन हस्तान्तरण कार्यक्रममा रामेछाप जिल्लाका विभिन्न सरकार ितथा गैर सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधि , विभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि , पत्रकार , सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि , शिक्षक , विद्यार्थि र अभिभावकहरुको उपस्थिती थियो । २०७२ सालको विनाशकारी भुकम्पमा ध्वस्त भएको रामेछाप जिल्लाको पहिलो माध्यमिक  विद्यालय श्री गौरीशंंकर माध्यमिक विद्यालयको पुन निर्माण सम्पन्न भएर आज एसियाली विकाश बैँकले भवन हस्तान्तरण गरेको छ ।

२०२० सालमा स्थापना भएको विद्यालयको सम्पुर्ण भवन भुकम्पमा ध्वस्त भएपछि एशियाली विकाश बैँक र अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा पक्कि सुविधा सम्पन्न आधुनिक भवन निर्माण भएको हो । रामेछाप नगरपालिका वडा नम्बर ८ मा निर्मित ५ वटा भवनमा ३० वटा कोठा  र २  वटा शौचालयहरु छन । खानेपानीको धारा र ट्याङकी सहित  कुल लागत ११ करोड २८ लाख ३ हजार ८ सय ८२ रुपैयाँ ५० पैसामा निर्मित विद्यालय भवन अपाङ्गमैत्री र बालमैत्री  बनेको छ ।  एसियाली विकास बैँकको भुकम्पिय अपातकालीन सहायता आयोजना कार्यक्रम अन्तर्गत नवनिर्मित विद्यालय भवनको निर्माण १७ महिनामा सम्पन्न भएको हो । भवनको सम्भौता ७ अप्रिल २०१७ मा र निर्माण सम्पन्न गर्नुपर्ने  समय ६ जुलाई २०१८ सम्म थियो । भुकम्पले तहस नहस भएको विद्यालय भवनहरुको ठाउँमा नयाँ पक्कि भवन बनेँपछि विद्यार्थि ,अभिभावक र शिक्षकहरु खुशि भएका छन । भुकम्प गएको ३ वर्ष सम्म अस्थायि टहरामा पठनपाठन गर्दै आएका विद्यार्थिहरु सुविधा सम्पन्न नयाँ भवनमा पढ्न पाउँदा खुशि लागेको बताउँछन । 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै