• ON AIRबिभिन्न लोक गितहरु
  • UP NEXTलोक कोशेली

रामेछाप न.पा ७ मा मनाइयो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान ।। 


लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज रामेछाप नगरपालिका वडा नम्बर ७ वडा कार्यलय प्राङगणमा विविध कार्यक्रम गरी मनाइएको छ । रामेछाप नगरपालिकाको वडा स्तरीय कार्यक्रम अन्तर्गत आज वडा नम्बर ७ मा मनाइएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता एवम वडा नम्बर ७ महिला संजालकी अध्यक्ष जमुना कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  जनचेतना मुलक र्याली ,नाटक र गितहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाको उपप्रमुख सृजना खड्काले लैङ्गिक हिंसा हुन नदिन महिला पुरुष सबै जना एकजुट भएर लाग्नु पर्ने बताउनुभयो ।  उहाँले कसैलाई हिंसा नगर्न र हिंसा सहेर नबस्न आग्रह गर्नुभयो । वडा नम्बर ७ का वडा अध्यक्ष समिर कार्कीले हिंसा घर भित्रबाटै सुरु हुने भएकाले घर , परिवार,समाज र देशबाटै हिँसा अन्त्य गर्नको लागि सबै शिक्षित र सचेत हुनुपर्ने बताउनुभयो ।  
 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा

वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गर्यो , नेता सिंह ।। 

राजन महतारा क्षेत्री । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनु भएको छ । निर्मला