• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

रामेछाप न.पा ७ मा मनाइयो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान ।। 


लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज रामेछाप नगरपालिका वडा नम्बर ७ वडा कार्यलय प्राङगणमा विविध कार्यक्रम गरी मनाइएको छ । रामेछाप नगरपालिकाको वडा स्तरीय कार्यक्रम अन्तर्गत आज वडा नम्बर ७ मा मनाइएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता एवम वडा नम्बर ७ महिला संजालकी अध्यक्ष जमुना कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  जनचेतना मुलक र्याली ,नाटक र गितहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाको उपप्रमुख सृजना खड्काले लैङ्गिक हिंसा हुन नदिन महिला पुरुष सबै जना एकजुट भएर लाग्नु पर्ने बताउनुभयो ।  उहाँले कसैलाई हिंसा नगर्न र हिंसा सहेर नबस्न आग्रह गर्नुभयो । वडा नम्बर ७ का वडा अध्यक्ष समिर कार्कीले हिंसा घर भित्रबाटै सुरु हुने भएकाले घर , परिवार,समाज र देशबाटै हिँसा अन्त्य गर्नको लागि सबै शिक्षित र सचेत हुनुपर्ने बताउनुभयो ।  साथै आजको अन्तर्रा्ष्ट्रिय अपाङगता  दिवसको अवसर पारेर वडा नम्बर ७ सुकाजोर पात्लेका अति अशक्त बालक प्रेम बहादुर सुनुवारका नाति लोकन्द्र बहादुर सुनुवारका छोरा वर्ष १० का कमल सनुवारलाई वडा अध्यक्ष समिर कार्कीले रु ५ हजार  सहयोग रकम उपलब्ध गराउने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै