• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

रामेछाप सल्ले, डुम्रिखर्क, सोलमारि सडक निर्माण भएपछि स्थानिय खुशि ।


राजन महतारा क्षेत्री ।   पुरानो सदरमुकाम  रामेछाप बजार र सदरमुकाम मन्थलीबाट नजिकै भए पनि सडक सन्जालसँग नजोडिएको  बस्तिमा सडक पुगेपछि स्थानियहरु खुशि भएका छन । रामेछाप नगरपालिका वडा नम्बर  .८ को   डुम्म्रीखर्क , सल्ले , माथिल्लो बाबियाखर्क , धारापानी सडक निर्माण कार्य  ३ महिनामा सम्पन्न भएको छ । २०७२ भदौ ७ गतेबाट सुरु गरिएको सडक स्तरउन्नतीको काम  ३ महिनामा सम्पन्न भएको वडा अध्यक्ष केदार कार्कीले बताउनुभयो । वडा नम्बर ८ वडा कार्यलयको १६ लाख ७५ हजार रकमको तेल  र नेपाली कांग्रेस रामेछापका नेता एवम समाजसेवि पुर्ण बहादुर तामाङ कान्छारामले उपलब्ध गराउनु भएको स्काइभेटर र अपरेटरको सहयोगमा ६ मिटर चौडाइको सडक निर्माण गरिएको छ । यो सडक सन्चालनमा आएपछि मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोर, रामेछाप नगरपालिका ८ डुम्रिखर्क,सल्ले , धारापानी ,कालिआँप सहित ५ गाउँका ७०० नागरीकहरु लाभन्वित हुने रामेछाप सल्ले, डुम्रिखर्क, सोलमारि सडक निर्माण समितिका अध्यक्ष हरि कुमार कार्कीले बताउनुभयो ।

धारापनि माथिल्लो बाबियाखर्क, सल्ले, डुम्रिखर्क हुदै सोलमारि सडकमा बस सन्चालन गर्न सकिन्छ कि सकिदैन भनेर बस लिएर  जाँदा  स्थानियहरुबाट गाउँमा भव्य स्वागत पाएको वडा सदस्य सन्तोष तामाङले बताउनुभयो । गाउँमै फराकिलो सडक बनेपछि आफुले उत्पादन गरेको जुनार , सुन्तला , गहत ,राजमा बेच्न पिठिउँमा बोकेर सदरमुकाम र रामेछाप बजार धाउनु पर्ने बाध्यता हटेकोमा आफुलाई खुशि लागेको  रामेछाप ८ का कृषक धन बहादुर शाहिले बताउनुभयो । गाउँमा कोहि विरामी हुँदा ३ घण्टाको बाटो  बोकेर अस्पताल लैजानु पर्ने बाध्यता थियो तर अहिले त घरमै पो मोटर आयो सल्लेकी स्थानिय वृद्ध मंगली शाहिले  खुशि हुँदै भन्नुभयो ।  पर्यटन प्रवद्धनको लागि रामेछाप जिल्लाको ऐतिहासिक स्थल केवलेश्वर मन्दिर जाने सडक स्तरउन्नतीको काम पनि धमाधम भइरहेका छ ।  अब छिट्टै केहि महिना भित्रै हिमाल तराइ यातायातले रामेछाप सल्ले, डुम्रिखर्क, सोलमारि हुँदै काठमाण्डौँसम्म बस सेवा सन्चालन गर्न लागेको वडा अध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो । रामेछाप जिल्लाका धेरै ग्रामिण क्षेत्रहरुले  जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि  मुहार फेरेका छन । 
 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी