• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

भुकम्पले भत्किएको गोरीशंकर मावि बन्यो । 



राजन महतारा क्षेत्री ।  २०७२ सालको विनाशकारी भुकम्पमा ध्वस्त भएको रामेछाप जिल्लाको पहिलो माध्यमिक  विद्यालय श्री गौरीशंंकर माध्यमिक विद्यालयको पुन निर्माण सम्पन्न भएको छ । २०२० सालमा स्थापना भएको विद्यालयको सम्पुर्ण भवन भुकम्पमा ध्वस्त भएपछि एशियाली विकाश बैँकको आर्थिक सहयोगमा पक्कि सुविधा सम्पन्न आधुनिक भवन निर्माण भएको हो । रामेछाप नगरपालिका वडा नम्बर ८ मा निर्मित ५ वटा भवनमा ३० वटा कोठा  र २  वटा शौचालयहरु छन । खानेपानीको धारा र ट्याङकी सहित  कुल लागत ११ करोड २८ लाख ३ हजार ८ सय ८२ रुपैयाँ ५० पैसामा निर्मित विद्यालय भवन अपाङ्गमैत्री र बालमैत्री  रहेको विद्यालयका शिक्षक डिल्लीश्वर बस्नेतले  बताउनुभयो ।

एसियाली विकास बैँकको भुकम्पिय अपातकालीन सहायता आयोजना कार्यक्रम अन्तर्गत नवनिर्मित विद्यालय भवनको सम्भौता ७ अप्रिल २०१७ मा र निर्माण सम्पन्न गर्नुपर्ने  समय ६ जुलाई २०१८ सम्म थियो । भुकम्पले तहस नहस भएको विद्यालय भवनहरुको ठाउँमा नयाँ पक्कि भवन बनेँपछि विद्यार्थि ,अभिभावक र शिक्षकहरु खुशि भएका छन ।

भुकम्प गएको ३ वर्ष सम्म अस्थायि टहरामा पठनपाठन गर्दै आएका विद्यार्थिहरु सुविधा सम्पन्न नयाँ भवनमा पढ्न पाउँदा खुशि लागेको बताउँछन । “ जाडोमा अत्याधिक जाडो र गर्मिमा अत्याधिक गर्मि खेपेर अस्थायी टहरामा पढ्नुपर्ने बाध्य हटेकोमा आफ्ुलाई धेरै खुशि लागेको रामेछाप नगरपालिका वडा नम्बर ७ का कक्षा १० मा अध्यनरत रोजिना मगरले बताउनु भयो ।” विद्यालयका प्रद्यानाध्यापक निर बहादुर कार्कीले नयाँ सुविधा सम्पन्न भवन बनेँकोमा खुशि व्यक्त गर्दै अबका दिनमा विद्यार्थीहरुको पठन पाठनमा पनि सुधार गर्दै लैजाने र विद्यालयमा होस्टेल , प्रविधिक शिक्षा , लगातको व्यवस्था गरी अगाडी बढ्ने योजना  रहेको बताउनुभयो ।  एसियाली विकास बैँकले नयाँ बनेको भुकम्प प्रतिरोधि पक्कि सुविधा सम्पन्न विद्यालयको भवन मंसिर १८ गते विद्यायलाई हस्तान्तरण गर्दैछ । विद्यालय हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदुत सहभागि हुने बताइएको छ । 

प्रतिकृया दिनुहोस

सुरक्षित बिद्यालय सम्बन्धि सन्देश दिन रामेछापको वालक्लव द्धारा देउसी भैलो सुरु ।। 

सुरक्षित बिद्यालय अभियान –२०७५ अन्तर्गत रामेछापको  कुशेश्वर माध्यामिक  बिद्यालय बेथानका बाल क्लबका पदाधिकारीहरुले    बिहिबार देखि देउसी

मावि मुगिटारको अभिभावक भेला सम्पन्न ।।

उमङ्ग मैनाली मन्थली रामेछाप ।। मन्थली नगरपालिका वडा नं ७ मा रहेको श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालय मुगिटारको अभिभावक भेला आइतबार सम्पन्न भएको

रामेछाप नगरपालिकाको वडा नं ६ र ७ मा शैक्षिक सामग्री वितरण ।। 

लामो समयदेखि बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको प्रयास नेपाल सस्थाले शसक्रबार  रामेछापको रामेछाप नगरपालिका वडा नं ६ र ७ को धमीनीछाप र