• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

जुनेली जुनार सहकारीको १२ औँ साधरण सभा तथा चौथो अधिवेशन सम्पन्न ।।


गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी भन्ने मुल नाराका साथ रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेका जुनेली जुनार सहकारी संस्था लिमिटेडले आफनो १२ औँ साधरण सभा तथा चौथो  अधिवेशन सम्पन्न गरेको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष उमेश विक्रम कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाको आय व्यय विवरण संस्थाका अध्यक्ष थापाले पढेर सुनाउनु भएको थियो । संस्थाको आय व्यय विवरण अनुसार संस्थाको कुल सियर पुँजी  ५ लाख र संस्थाको यस वर्षको आम्दानी ७ लाख रहेको अध्यक्ष थापाले बताउनुभयो ।

                              

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरले रामेछाप नगरपालिकामा २४ सय ४५ घरधुरी सहकारीमा आवद्ध भएको उल्लेख गर्दै नगरमा रहेका ६८ वटा सहकारीहरु मध्ये ४६ वटा सहकारी मात्र सकृय सहकारी रहेको बताउनुभयो । उहाँले नगरका नागरीकहरुको जिवनस्थर उकास्न सहकारी संस्थाहरुलाई स्थानिय तहसँग मिलेर अगाडी बढ्न आग्रह गर्नुभयो । ग्रामिण क्षेत्रमा सहकारी संस्थाको महत्व भएकाले जुनार पकेट क्षेत्रको रुपमा परिचित रामेछाप नगरपालिकाका किसानहरु जुनारमा लागेको रोगका कारण पिँडामा परेकाले  आफु पनि दुखि रहेको बताउँदै नगर प्रमुख मगरले जुनारमा लागेको रोग नियन्त्रणका लागि नगरपालिका दिनरात लागि परको बताउनुभयो ।

जुनेली जुनार सहकारी संस्थामा ३६५ जना सियर सदस्यहरु आबद्ध छन ।  संस्थाका सियर सदस्यहरुलाई अबको वर्षदेखि १ लाख रकम बराबरको दुर्घटना विमा गरिन लागिएको संस्थाका सचिव ढाल विक्रम कार्कीले बताउनुभयो । कार्यक्रमको अवसरमा संस्थाका जेष्ठ नागरीक, एकल र जनजाति सदस्यहरुलाई सम्मान गरिएको छ । साथै संस्थाको  चौथो  अधिवेशनबाट अध्यक्ष बाहेकका ९ सदस्य नयाँ कार्य समिती चयन गरिएको छ । संस्थाको अध्यक्षमा उमेश विक्रम थापा , उपाध्यमा ढाल विक्रम कार्की , सचिवमा सृजना श्रेष्ठ कार्की , कोषअध्यक्षमा राम बहादुर थापा सदस्यहरुमा क्रमश रविन्द्र कुमार श्रेष्ठ , राम कुमार कार्की , सिता श्रेष्ठ , कमल विक्रम कार्की र तुलसा कार्की त्यसैगरी लेखासमिती संयोजकमा बर्ज बहादुर मगर , लेखासमिती सदस्यहरुमा उषा कार्की रायमाझि र नारायण कुमार बस्नेत चयन ह्ुनुभएको छ । 


 

प्रतिकृया दिनुहोस

रामेछाप रामपुरका २ सय २० घरपरिवारलाई गरिब परिचयपत्र वितरण ।। 

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा २ सय २० जनालाई गरीब घरपरिचयपत्र वितरण गरिएको छ। गरीबीको सुचीमा परेको ३६५ जना घरपरिवारमध्ये २ सय २०

माथिल्लो तामाकोशीको सेयर बाँडफाँट आज ।।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ ) आज मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ मंगलबार

३४ लाख रुपैयाँ आयकर तिर्ने मन्थली बचत सम्मानित ।

आर्थिक वर्ष २०७३÷७४ मा रामेछाप जिल्लामा सबै भन्दा बढी आयकर तिर्ने मन्थली बचत तथा ऋmण सहकारी संस्था सम्मानित भएको छ । गत आर्थिक वर्षमा आयकर तिर्ने