• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

विश्व एड्स दिवस रामेछापमा पनि मनाइयो । 


‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ आज ३१ औँ विश्व एड्स दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  नेपाल सि आर एस कम्पनिको सहयोगमा रामेछाप नगरपालिका र जिल्ला स्वास्थ्य कार्यलय रामेछापको आयोजनामा दिवश मनाइएको हो । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरको  अध्यक्षतामा भएको एक कार्यक्रममा लिटिल बुद्ध केलज अफ हेल्थ साइन्स र श्री गौरीशंकर माविका विद्यार्थिहरु सहितको र्याली रामेछाप बजार परिक्रममा गरेको थियो । साथै विद्यार्थिहरुले एच आइ भि एड्सको बारेमा आफुलाई थाहा भएका कुराहरु कार्यक्रममा राखेको थिए । नेपाल सि आर एस कम्पनीका जिल्ला कोअडिनेटर भुवन थापाले एच आइ भि एड्स रोगको बारेमा विभिन्न जानकारीहरु गराउनुभयो ।  यो दिवसलाई एचआईभी संक्रमित तथा प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा मनाउने गरिन्छ ।

विश्वले नै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् २०१० को तुलनामा २०१७ सम्ममा एचआईभी संक्रमितको संख्या ६१ प्रतिशतले घटेको तथा ६३ प्रतिशतले बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।  यसैगरी एड्सको कारण ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले घटेको छ । अहिले १६ हजार ४ सय २८ जना एचआईभी संक्रमितले मात्रै उपचार गराइरहेका छन । सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, कामका लागि विदेशिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा छन् । जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रले जनाएको छ । नेपालमा एड्स रोगको निशुल्क औषधि पाइन्छ । तर धेरैले निशुल्क औषधिबारे थाहा नपाउँदा उपचारको पहुँचमा पुग्न सकेका छैनन् । 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै