• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

सरकारले भूकम्पपछि बनेका घरको बिमा गर्दै ।। 


सरकारले भूकम्पपछि बनेका नीजि घरलाई अनिवार्य बिमाको व्यवस्था गर्ने भएको छ । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि तयार पारेर मन्त्रिपरिषद्मा पठाएको छ । प्राधिकरणका अनुसार मन्त्रीपरिषद्बाट पारित भएर आइसकेपछि भूकम्पका कारण भत्केर बनाइएका घरको बिमा गर्ने कार्यक्रम लागु हुनेछ । बिमा कार्यक्रमका लागि सरकारले राष्ट्रिय बिमा संस्थानसँग सम्झौता गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । बिमा कार्यक्रमले ५ लाखसम्मको क्षति समेट्नेछ । प्राधिकरणको मापदण्डभित्र रहेर निर्माण भएका घरहरुको हकमा मात्रै यो कार्यक्रम लागु हुनेछ ।बिमापछि प्रभावितलाई धेरै फाइदा हुने प्राधिकरणका सह प्रवक्ता घिमिरेले बताउनुभयो । पुनर्निर्माण भइसकेका घरको बिमा सम्बन्धी सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको विज्ञहरूको बुझाइ छ । तर कार्यान्वयनको पाटोमा सरकार गम्भीर बन्नुपर्ने विपत् विज्ञ डा. गंगालाल तुलाधरले बताउनुभयो । प्राधिकरणको तथ्यांक अनुसार भूकम्पपछि भत्किएका ८ लाख घरमध्ये अहिलेसम्म ३ लाख २६ हजारभन्दा धेरै घर पुनर्निर्माण भइसकेका छन् । साढे ५ लाखभन्दा धेरै घर निर्माणको क्रममा छन् । 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी