• ON AIRहजुरको समाचार
  • UP NEXTबिभिन्न लोक गितहरु

छिमेकीको खुकुरी प्रहारबाट रामेछापमा एक जना गम्भिर घाइते ।। 


रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँमा धारीलो हतियारको  प्रयोगबाट एक जना गम्भिर घाइते भएका छन ।  रामेछाप नगरपालिका १ गोठगाउँका अन्दाजी ४० वर्षिय पहल बहादुर सार्की आफ्नै छिमेकी अन्दाजी ५५ वर्षिय हरि बहादुर खत्रीको आक्रमणबाट गम्भिर घाइते भएका हुन । घाइते सार्कीको मन्थली तामाकोसि सहकारी अस्पतालमा उपचार भइरहेको छ  । धारीलो हतियार प्रहार गर्ने खत्रीले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन । उनको मानसकि अवस्था ठिक नभएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै