• ON AIR
  • UP NEXTबिभिन्न लोक गितहरु

दोलखाबाट श्रीमतिको हत्या गरी फरार तमाङ रामेछापमा पक्राउ ।। 


दोलखाको जिरी नगरपालिका ठुलोपातलमा आफ्नै श्रीमतिको हत्या गरी फरार रहेका जिरी नगरपालिका वडा नम्बर ९ ठुलोपातलका ३५ वर्षिय तस्विर तामाङ रामेछापमा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यलय रामेछापले जिल्लाका  बिभिन्न ठाँउमा चेकप्वाईन्ट राखी चेक जाँच गर्ने क्रममा तामाङलाई आज मन्थली नगरपालिका १  भैँसेश्वर चेक प्वाईन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रामेछापले् जानकारी दिएको छ ।  पक्राउ परेका  तामाङलाई  जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखामा बुझाईएको बताइएको छ । तामाङले आफ्नै श्रीमति ३३ वर्षिया राममाया तमाङको हत्या गरेका थिए् । तमाङले सोमबार साँझ  सामान्य घरायसी विवादपछि श्रीमतीलाई आग्लो प्रहार गरी हत्या गरि फरार थिए ।  
 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै