• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

माथिल्लो तामाकोशीको सेयर बाँडफाँट आज ।।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ ) आज मंगलबार बाँडफाँट हुने भएको छ ।

कम्पनीको आईपीओ मंगलबार मध्याह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

आयोजनाले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरेको थियो ।

आयोजनाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा माग गरिएभन्दा ४ गुणा बढी आवेदन परेको छ । मंसिर पहिलो साताभित्रै बाँडफाँट गर्ने आयोजनाको तयारी भए पनि पहिलो चरणमा आवेदन दिएकाले त्यसलाई काँटछाँट गर्न समय लागेका कारण आज बाँडफाँट गर्न लागेको हो ।

४ सय ५६ मेगावाट क्षमताको यस आयोजनाको आईपीओका लागि पहिलो चरणमा आवेदन दिइसकेकाको दोस्रो चरणमा दिएको आवेदन रद्द गरिएको छ ।

आवेदन रद्द नभएका सबैको भागमा सेयर पर्ने सम्भावना रहेको बताइएको छ । आईपीओका लागि आवेदन सदर भएकाले कम्तीमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने सम्भावना रहेको आयोजनाले बताएको छ ।

प्रतिकृया दिनुहोस

रामेछाप रामपुरका २ सय २० घरपरिवारलाई गरिब परिचयपत्र वितरण ।। 

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा २ सय २० जनालाई गरीब घरपरिचयपत्र वितरण गरिएको छ। गरीबीको सुचीमा परेको ३६५ जना घरपरिवारमध्ये २ सय २०

जुनेली जुनार सहकारीको १२ औँ साधरण सभा तथा चौथो अधिवेशन सम्पन्न ।।

गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी भन्ने मुल नाराका साथ रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेका जुनेली जुनार सहकारी संस्था लिमिटेडले आफनो १२ औँ साधरण

३४ लाख रुपैयाँ आयकर तिर्ने मन्थली बचत सम्मानित ।

आर्थिक वर्ष २०७३÷७४ मा रामेछाप जिल्लामा सबै भन्दा बढी आयकर तिर्ने मन्थली बचत तथा ऋmण सहकारी संस्था सम्मानित भएको छ । गत आर्थिक वर्षमा आयकर तिर्ने