प्रथम सभामुख कप भलिबल

 

 सर्वाधिक पुरस्कार राशिको प्रथम सभामुख कप भलिबलको पहिलो दिन शनिबार विभागीय टोलीले उत्कृष्ट सुरुआत गरेका छन् । एपीएफको पुरुष टोलीले प्रदेश २ लाई २५–१३, २५–१२, २५–९ को सोझो सेटमा पराजित गर्‍यो ।

सभामुख कप भलिबलमा शनिबार प्रदेश २ विरुद्ध खेल्दै एपीएफ टोली ।

महिलातर्फ एपीएफले प्रदेश ४ लाई २५–६, २५–२२, २५–४ ले हराउँदै आफ्नो लय कायम राखेको छ । त्रिभुवन आर्मी क्लब पुरुष टोलीले प्रदेश ३ लाई २५–२१, २५–१९, २५–१७ को सोझो सेटमा हरायो । पुरुषमै नेपाल पुलिसले प्रदेश ७ लाई २५–१८, २७–२५, २५–१३ र प्रदेश १ ले प्रदेश ६ लाई २५–१९, २५–१०, २५–१२ ले पराजित गरे ।

महिलातर्फ पुलिस क्लबले प्रदेश ७ लाई २५–७, २५–९, २५–९ ले हरायो । प्रदेश ५ ले प्रदेश १ लाई २५–१५, २५–२३, २५–१८ ले हराउँदा प्रदेश २ ले प्रदेश ६ माथि २५–१८, २६–२४, २५–२२ को सेटमा जित पायो ।

प्रतियोगिताका दुवै विधामा सहभागी १०–१० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट २ टोली क्वाटरफाइनल पुग्ने छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र रोल्पा खेलकुद विकास समितिको स्थानीय व्यवस्थापनमा जारी प्रतियोगिता विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतियोगिता आयोाजनाबाट देशको पहिचान वृद्धि हुने बताए । फाइनल जेठ २ मा हुनेछ ।

प्रतिकृया दिनुहोस

राष्ट्रकवि घिमिरलेलाई थप उपचारका लागि आज भारत लगिँदै

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु

नगरस्तरीय महिला सञ्जाल व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ मानेडाँडामा नगरस्तरीय महिला सञ्जाल गठन व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।रामेछाप

रामेछाप लामा टोलमा नवनिर्मित निमा धावा गुम्बा उद्धघाटन ।।

रामेछाप नगरपालिका वडा नम्बर ८ लामा टोलमा नवनिर्मित निमा धावा गुम्बाको आज उद्धाटन गरिएको छ । निमा धावा गुम्बाकी अध्यक्ष शर्मिला घिसिङको अध्यक्षता र