• ON AIRहजुरको समाचार
  • UP NEXTबिभिन्न लोक गितहरु

३४ लाख रुपैयाँ आयकर तिर्ने मन्थली बचत सम्मानित ।


आर्थिक वर्ष २०७३÷७४ मा रामेछाप जिल्लामा सबै भन्दा बढी आयकर तिर्ने मन्थली बचत तथा ऋmण सहकारी संस्था सम्मानित भएको छ । गत आर्थिक वर्षमा आयकर तिर्ने व्यक्ति र संस्था मध्ये रामेछाप जिल्ला भरीबाट सबैभन्दा बढी करिब ३४ लाख आयकर तिरेबापत सम्मान स्वरुप उक्त सहकारीलाई आज सम्मान गरिएको हो । आन्तरिक राजस्व कार्यालय धुलिखेलले रामेछापको सदरमुकाम मन्थलीमा सातौँ कर दिवसको अवसर पारेर सम्मान गरेको हो । सप्तहाब्यापी कार्यक्रम अन्र्तगत मंगलबार सदरमुकमा मन्थलीमा आयोजित कार्यक्रममा सहकारीलाई आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरु प्रसाद पराजुलीले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो । मंसिर १ गते देखि ७ गते सम्म सञ्चालन भएको सप्तहाब्यापी कार्यक्रम अन्तरगत जिल्लाको रामेछाप नगरपालिका पछि मंगलबार मन्थलीमा आयोजना गरिएको उक्त कार्यक्रम अघि बिहान जिल्ला समन्वय प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, उद्योग बाणिज्य संघका पदाधिकारी दथा स्थानीय ब्यापारीहरु समेत प्रभातफेरी कार्यक्रममा सहभागी भएका थिए । रामेछाप उद्योग बाणिज्य संघको आयोजना तथ आन्तरिक राजस्व कार्यालय धुलिखेलको सहयोगमा भएको प्रभातफेरी ¥याली पछि जिल्ला समन्वय समितिको हलमा करदाता शिक्षाको आयोजना पनि गरिएको थियो । रामेछाप उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष केशब घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कर सम्बन्धी नीति र यसबाट व्यवसायि र सेवाग्राहीलाई पुग्ने फाइदा तथा कानूनी प्रक्रियाको बारेमा जानकारी गराईको थियो । अन्तरक्रियात्मक तरिकाले भएको उक्त कार्यक्रमका सहभागीहरुले कर सम्बन्धी समस्या र समधानको बारेमा जिज्ञसा राखेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल लगायतले आफ्नो भनाइ राखेका थिए ।  

प्रतिकृया दिनुहोस

रामेछाप रामपुरका २ सय २० घरपरिवारलाई गरिब परिचयपत्र वितरण ।। 

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा २ सय २० जनालाई गरीब घरपरिचयपत्र वितरण गरिएको छ। गरीबीको सुचीमा परेको ३६५ जना घरपरिवारमध्ये २ सय २०

जुनेली जुनार सहकारीको १२ औँ साधरण सभा तथा चौथो अधिवेशन सम्पन्न ।।

गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी भन्ने मुल नाराका साथ रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेका जुनेली जुनार सहकारी संस्था लिमिटेडले आफनो १२ औँ साधरण

माथिल्लो तामाकोशीको सेयर बाँडफाँट आज ।।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ ) आज मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ मंगलबार