• ON AIRहजुरको समाचार
  • UP NEXTबिभिन्न लोक गितहरु

सुरक्षित बिद्यालय सम्बन्धि सन्देश दिन रामेछापको वालक्लव द्धारा देउसी भैलो सुरु ।। 


सुरक्षित बिद्यालय अभियान –२०७५ अन्तर्गत रामेछापको  कुशेश्वर माध्यामिक  बिद्यालय बेथानका बाल क्लबका पदाधिकारीहरुले    बिहिबार देखि देउसी भैलो कार्यक्रम सुरु गरेका छन् ।  सामुदायिक बिद्यायलय ब्यवस्थापन  महासंघ  केन्द्रीय समिति को आयोजनामा उक्त बिद्यालयमा दिइएको ३ दिने सुरक्षित बिद्यालय सम्बन्धि तालिम पश्चात उनीहरुले जिल्लाको सुनापति गाउपालिकाका बिभिन्न बिद्यालयहरुमा देउसी भैलो सुरु गरेका हुन् । बिद्यालयमा आइपर्न सक्ने बिभिन्न प्रकोपहरु का बेलामा  कसरी जोगिने भन्ने बिषयमा सामुदायिक बिद्यायलय ब्यवस्थापन  महासंघ  ३ नं प्रदेशले उक्त तालिम  सञ्चालन गरेको थियो ।  तालिम पश्चात बिपद के हो, कसरी आउछ , बिपद पर्दा कसरी जोगिने र बिपद पश्चात के के गर्ने  भन्ने सन्देस दिने खालका बिषय बस्तामा आधारित भई   देउसी भैलो  सुरु गरिएकोसामुदायिक बिद्यायलय ब्यवस्थापन  महासंघ  ३ नं प्रदेश कि सदस्य सरस्वति राय ले जानकारी दिइन ।   गाउपालिकाको स्रोत केन्द्र रहको  कुशेश्वर माध्यामिक बिद्यालय बाट सुरु गरिएको  उक्त सन्देशमुलक देउसी भैलो सुनापति गाउपालिकाका बिभिन्न बिद्यालयमा आउदो एकादशी सम्म खेलिने कार्यक्रम रहेको सामुदायिक बिद्यायलय ब्यवस्थापन  महासंघ ३ नं प्रदेशका अध्यक्ष केशब चालिसे ले जानकारी दिए ।  उक्त गाउपालिकामा रहेका बालवालिकाहरुलाई पनि सुरक्षित बिद्यालय अभियान का बारेमा सन्देश दिने उद्धेश्यका साथ यस्तोकार्यक्रमहरुको को आयोजना गरिएको सामुदायिक बिद्यायलय ब्यवस्थापन  महासंघ  केन्द्रीय समिति की सचिब देवी खड्का बताइन । 
 

प्रतिकृया दिनुहोस

भुकम्पले भत्किएको गोरीशंकर मावि बन्यो । 

राजन महतारा क्षेत्री ।  २०७२ सालको विनाशकारी भुकम्पमा ध्वस्त भएको रामेछाप जिल्लाको पहिलो माध्यमिक  विद्यालय श्री गौरीशंंकर माध्यमिक

मावि मुगिटारको अभिभावक भेला सम्पन्न ।।

उमङ्ग मैनाली मन्थली रामेछाप ।। मन्थली नगरपालिका वडा नं ७ मा रहेको श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालय मुगिटारको अभिभावक भेला आइतबार सम्पन्न भएको

रामेछाप नगरपालिकाको वडा नं ६ र ७ मा शैक्षिक सामग्री वितरण ।। 

लामो समयदेखि बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको प्रयास नेपाल सस्थाले शसक्रबार  रामेछापको रामेछाप नगरपालिका वडा नं ६ र ७ को धमीनीछाप र