• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

सरकार नै संघीयता असफल बनाउन लाग्योः नेता राणा


नेपाली काग्रेसका युवा नेता उदय शमसेर राणाले बलत्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटनामा सरकार आफैले पेट्रोल थप्ने काम गरेको बताउनुभएको छ । उहाँले सरकारले पन्त घटनाको छानबिन समितिले दिएको प्रतिबेदन तत्काल सार्वजनिक नगरेर पीडित पक्षलाई थप पीडा दिएको बताउनुभएको हो ।साँढे ३३ किलो सुन काण्डाका मुख्य अभियुक्त गोरेलाई पक्राउ गरेर पनि छानबिन समितिलाई छायामा पारेको आरोप लगाउदै नेता राणाले सरकारले ठूलठुला घटनालाई समेत पसय दिइरहेको बताउनुभयो । सोमबार रामेछापको सदरमुकाम मन्थलीमा नेता तथा कार्यकर्ता सँगको भेटमा पुर्व अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले दुई तिहाइको दम्भमा केन्द्र सरकारले प्रदेशमा रहेका आफ्नै पार्टीका मुख्य मन्त्रीलाई समेत एउटा कार्यकर्ता र जनप्रतिनिधिको रुपमा मात्रै लिनुले संघीयतालाई खतरामा पार्ने खेलमा सरकार आफै लागेको आरोप लगाउनुभयो ।कम्युनिष्ट सरकारले देखाएको यस्तो किसिमको हर्कतालाई काग्रेसले टुलुटुलु हेरेर नबस्ने भन्दै चेतावनी दिदै उहाँले गलत कामको परिणाम सरकारले चाँडै देख्ने बताउनुभयो । नेता राणाले नेपाली काग्रेसले गत निर्वाचनमा भोग्नु परेको पराजयलाई केन्द्रीय नेतालाई मात्रै दोष दिन नमिल्ने बताउँदै आफ्नो ठाउँबाट पनि शुक्ष्म तरिकाले अध्यायन गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेस रामेछापका जिल्ला कार्य समितिका सचिव लेखबहादुर कार्की लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गर्यो , नेता सिंह ।। 

राजन महतारा क्षेत्री । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनु भएको छ । निर्मला

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता

रामेछाप नगरलाई अब केहि वर्षमै पुष्पलाल नगर बनाइने ,मन्त्री ढुंगेल ।।

प्रदेश नं ३ का आर्थिक मामिला एवं योजना मन्त्रि कैलाश प्रसाद ढुँगेलले अब छिट्टै  रामेछाप नगरपालिकालाई पुष्पलाल नगरपालिका बनाइने बताउनु भएको छ ।