नगर दलित एकता सञ्जाल रामेछापको वडास्तरीय कार्यक्रम सम्पन्न

 

नगर दलित एकता सञ्जालमा आवद्धता,समतामुलक समाज निर्माणमा हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा गठन भएको नगर दलित एकता सञ्जाल रामेछापको वडास्तरीय कार्यक्रम सम्पन्न भएको छ । नगर दलित एकता सञ्जाल रामेछापले चालु आर्थिक वर्षको लक्षित वर्ग अन्र्तगत दलित शीर्षकमा प्राप्त अनुदान रु दुई लाख बाट कार्यक्रम सञ्चालन गरेको हो ।रामेछाप नगरपालिका भित्र रहेको ९ वटा  वडामा तीन तीन वडागरी संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेको नगर दलित एकता सञ्जाल रामेछापकी अध्यक्ष समिता वि क ले जानकारी दिनुभएको छ ।वडास्तरी कार्यक्रम अन्र्तगत पहिलो कार्यक्रम यही बैशाख २६ गते नगरपालिकाको वडा नं १,२ र ३ को वडा नं २ देउरालीमा सम्पन्न भएको छ ।त्यस्तै वडा नं ४,५ र ६ को वडा नं ५ रामपुरमा यही बैशाख २८ गते कार्यक्रम भएको हो र नगर दलित सञ्जाल रामेछापकी अध्यक्ष समिता वि क को सभाध्यक्ष,रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काको प्रमुख अतिथिमा आज वडा नं ७,८र ९ नं को संयुक्त वडास्तरीय कार्यक्रम रामेछाप बजारमा सम्पन्न भएको छ ।सञ्चालन भएको तीनै वटा कार्यक्रममा दलित अधिकारकर्मी गम्भीर वि क ले दलित शशक्तीकरण सम्बन्धी तालिम समेत दिनुभएको थियो र प्रत्येक वडाबाट १ जना संयोजक रहनेगरी ५ जना वडा सञ्जाल समिति गठन गरिएको रामेछाप नगर कार्यपालिका सदस्य सरोज कटुवालले जानकारी दिनुभएको छ ।  

प्रतिकृया दिनुहोस

नगरस्तरीय महिला सञ्जाल व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ मानेडाँडामा नगरस्तरीय महिला सञ्जाल गठन व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।रामेछाप

रामेछाप लामागाँउमा नवनिर्मित निमा धावा गुम्बा उद्धघाटन ।।

रामेछाप नगरपालिका वडा नम्बर ८ लामा गाउँमा नवनिर्मित निमा धावा गुम्बाको आज उद्धाटन गरिएको छ । निमा धावा गुम्बाकी अध्यक्ष शर्मिला घिसिङको अध्यक्षता र

सिन्धुलीमा ’नाकाबन्दी’ रामेछाप सहित ३ जिल्ला आउने मालबाहक गाडी रोकिंदा दैनिक उपभोग्य वस्तुको अभाव ।।

सरकारले बीपी राजमार्गमा १० टनभन्दा बढी क्षमताका सवारी साधन सञ्चालनमा रोक लगाएपछि रामेछाप सहित ४ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । सरकारी