• ON AIRहजुरको समाचार
  • UP NEXTबिभिन्न लोक गितहरु

रामेछापको भिरपानीमा फेरी बस दुर्घटना २ जना घाइते ।। 

तस्विर रामचन्द्र केसीको फेसबुकबाट


रामेछाप जिल्ला खाँडादेवि गाउँपालिका वडा नम्बर ३ भिरपानीमा  आज विहान बस दुर्घटना भएको छ । रामेछाप दोरम्बाबाट काठमाण्डौ जाँदै गरेको बा २ ख ६५८१ नम्बरको यात्रु बस  भिरपानीमा दुर्घटना हुँदा २ जना घाइते भएका छन । घाइते हुनेहरुमा खाँडादेवि गाउँपालिका वडा नम्बर ६ माकादुमका वर्ष २१ का  श्याम खत्री र दोरम्बा गाउँपालिका वडा नम्बर ७ का  वर्ष ७ का रेजिना घतानी सामान्य घाइते भएका छन  । उनिहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । बस ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । प्रहरीका अनुसार बसमा ४० जना यात्रु सवारी थिए । सबै यात्रुहरु सकुशल रहेका छन  । 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै