• ON AIR
  • UP NEXTटाइम पास

 रामेछापको सुनापती हिडेको गाडी मगंलटारमा दुर्घटना ।।


कठमाडौंबाट रामेछापको सुनापती गाउँपालिका जाँदै गरेको बुलेरो गाडी काभ्रेको मंगलटारमा दुर्घटना भएको छ । बिहान काठमाडौबाट चालक सहित १५ जना यात्रु लिएर गएको गाडी दुर्घटना भएको हो । ग १ ज ६६१४ नम्बरको गाडी टाटासुमोले ओभर टयाक गर्ने क्रममा साइट दिदा सडकबाट चिप्लिएको थियो । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार गाडी दुर्घटनामा परी सात जना घाइते भएको र घाइते मध्ये चार जनालाई थप उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । अरु घाइतेको अवस्था भने सामान्य रहेको छ । उक्त गाडी तिहारमा घर हिडेका यात्रु लिएर काठमाडौंबाट सुनापती गाउँपालिका–४ बेथानतर्फ जादै गरेको थियो । इलाका प्रहरी कार्यालय काभ्रेका हल्वदार धुव्र श्रेष्ठले घाइतेहरुको अवस्था सामान्य रहेको बताए । भक्तपुरबाट छुटेको गाडी मंगलटारमा दुर्घटना थियो ।

प्रतिकृया दिनुहोस

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि महोत्सव २०७५ हुँदै ।। 

स्थानीय अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन र युवालाई कृषिमा आकर्षित गर्ने लक्ष्य सहित रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि

रामेछाप बजारमा  ५ दिने योग शिविर जारी ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा पाँच दिने योग शिविर कार्तिक २८ गतेबाट बाट सुरु भएको छ । रामेछाप पतञ्जली योग समिति रामेछापको आयोजनामा