• ON AIRनेपाल खबर
  • UP NEXTबाल कोपिला

ओखलढुंगामा आगलागी, चार घर सखाप ।। 


 ओखलढुंगा  जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगोमा परेर पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ ।  आगो नियन्त्रण गर्ने क्रममा एक जना घाइते भएका छन् । घाइते हुनेमा वाक्साका ६५ वर्षीय अमृतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीका दुवै हात सामान्य जलेका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको स्थानीय बासिन्दाले बताएका छन् । बच्चाले महुरीलाई आगो लगाउन खोज्दा घरबाट शुरु भएको बताइएको छ । आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ ओटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् । मंगलबार विहान ११ः३० बजे शुरु भएको आगलागी अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी राजीव श्रेष्ठले बताए । घटनास्थल प्रहरी चौकीबाट १० किलोमिटर टाढा रहेकाले तत्काल प्रहरी पुग्न कठिन भएको थियो । स्थानीय र प्रहरी समेतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगाले एक करोड हाराहारीमा क्षति भएको अनुमान गरिएको छ । आगलागी पीडितहरु छिमेकी र आफन्तको सहारामा बसेका छन् । पीडितहरुलाई स्थानीय सरकार र सरोकारवाला निकायमा राहत दिलाउन पहल गरिने वडा अध्यक्ष उमेश कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

रामेछाप जिल्लामा शव वाहन नहुँदा समस्या ।। 

रामेछाप जिल्लामा  शव वाहन नहुँदा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत शव वाहन नहुँदा अस्पतालमा मृत्यु भएका

रामेछापका सबै पत्रकारद्वारा खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बहिष्कार

रामेछापको खाँडादेवी गाउँपालिका (आज) बुधबार हुने सार्वजनिक सुनूवाई कार्यक्रम जिल्लाका सबै सञ्चार माध्यमहरुले बहिष्कार गर्ने भएका छन्

बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप ।। 

लामो समयसम्म पनि बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप लागेको छ  । जिल्ला कारागार