• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछापमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक । 


जिल्ला प्रशासन कार्यालय रामेछापले  राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी खेल्न आग्रह गरिएको रामेछापका  प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले  जानकारी दिए । मादकपदार्थको सेवनबाट झै–झगडा, हुल–हुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको उनले बताए । प्रशासनको आग्रहविपरीत देउसी–भैलो खेलिएको पाइएमा कारबाही गरिने प्रजिअ शर्माको  भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सुरक्षित बिद्यालय सम्बन्धि सन्देश दिन रामेछापको वालक्लव द्धारा देउसी भैलो सुरु ।। 

सुरक्षित बिद्यालय अभियान –२०७५ अन्तर्गत रामेछापको  कुशेश्वर माध्यामिक  बिद्यालय बेथानका बाल क्लबका पदाधिकारीहरुले    बिहिबार देखि देउसी