• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछापमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक । 


जिल्ला प्रशासन कार्यालय रामेछापले  राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी खेल्न आग्रह गरिएको रामेछापका  प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले  जानकारी दिए । मादकपदार्थको सेवनबाट झै–झगडा, हुल–हुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको उनले बताए । प्रशासनको आग्रहविपरीत देउसी–भैलो खेलिएको पाइएमा कारबाही गरिने प्रजिअ शर्माको  भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २