• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 


रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२ मेघावाट र अप्पर खिम्ती दोस्रो ७ मेघावाट क्षमताको जलबिद्युतअयोजनाकोकामअहिलेसम्म७० प्रतिशत सम्पन्न भैसककोहो ।  जस अन्तर्गत, पावर हाउस निर्माण, पाइपलाइन बिछ्याउने, सर्च टैंक निर्माण गर्ने र अन्य संरचनाहरु तयार गर्ने कामअन्तिम चरणमा पुगेको छ । दुवै आयोजनालेअबको ६ महिनाभित्रै बिद्युतउत्पादनगर्न सक्ने निर्माण अभियानमा जुटेको कम्पनिहिमालयउर्जा बिकास कम्पनी लिमिटेडले जनाएको छ । करिब एक हजार पाँच सय जना शेयर सदस्य हरुबाट प्राप्त रकम र बिभिन्न ४ वटा वित्तिय संस्थाहरुको समेत सहकार्य गरि करिब  ३ अर्ब १५ करोडको अनुमानितलागतमानिर्माणाधिन उक्तआयोजनाआगामी  ६ महिनाभित्र सम्पन्न गरी बिद्युतउत्पादन सुरु हुनेकम्पनीका परियोजनाब्यवस्थापक रमाकान्तगौरोले बताए ।   उनकाअनुसार– दुबै आयोजनाको बिद्युतखरिद सम्झौता(पिपिए) भैसकेको  छ । जस अन्तर्गत उपल्लो खिम्ती १२ मेगावाट को सुख्खायाममाप्रति युनिट ७ रुपैया र बर्षा याममाप्रति युनिट ४ रुपैया रहेको छ । यस आयोजना बाट बार्षिक ७ करोड ३६ लाख १२ हजार ५  सय उन्नाइस युनिट बिद्युतशक्तिउत्पादनहुने अनुमानगरिएको छ ।  यसकालागि १ अर्ब ४३ करोड ५० लाख ऋण रकम र शेयर सदस्यहरुबाट संकलित ४७कारोड ९१ लाख १४ हाजार गरी कुल १ अर्ब ९१ कारोड ४१ लाख १४ हजार को लागतअनुमानगरिएको छ ।   त्यसैगरी  अप्पर खिम्ती दोस्रो  ७ मेगावाट को सुख्खायाममाप्रति युनिट ८ रुपैया चालिस पैसा र बर्षा याममा ४ रुपैया असी पैसामाभएको छ । यस आयोजना बाट पनि ४ करोड २२ लाख ९१ हजार २ सय अठ्चालिस युनिट बिद्युतशक्तिउत्पादनहुने अनुमानगरिएको छ ।यसकालागि ९२ करोड ४० लाख ऋण रकम र ३० करोड ८२ लाख ६० हजार शेयर   रकम गरी कुल १ अर्ब २३ कारोड २२ लाख ६० हजार खर्च हुने अनुमानकम्पनिले गरेको सञ्चालक समितिका सदस्यप्राध्यापक डाक्टर भिम प्रसादन्यौपानेले वताए।  यसर दुवै आयोजनकालागिकम्पनीलेकुल ३ अर्ब १४ करोड ६३ लाख७४ हजार रुपैया खर्चै हुने अनुमान गरेको छ ।  
जसकालागिनबिल बैक को अगुवाइमाएभरेष्ट बैंक, नेपाल बैंक लिमिटेड, नेपालइन्भेष्टमेन्ट बैक सहितले कुल २ अर्ब ३५ करोड ९० लाख ऋण स्बीकृत गरेका छन् भने ७८ करोड ७३ लाख७४ हजार रकम शेयर सदस्यमार्फत प्राप्तहुने अनुमानगरिएको छ । जसकालागतमध्य ऋण रकम७५ प्रतिशत र शेयर रकम २५ प्रतिशत पर्न जान्छ । बिद्युतउत्पादनपश्चातउक्तविद्युत सोहि ठाउँमा नेपाल सरकारको लागानीमा नेपालबिद्युतप्राधिकरण ले निर्माण गर्न लागेको खिम्ती– गर्जाङ १३२ के.भी.प्रशारण लाइनको शब स्टेशनमा जडान गरिने र उक्त शबस्टेशनको कामपनिपिङगाओ ग्रुपकम्पनी लिमिटेड चाइनालेद्रुतगतिमागरिरहेको  परियोजनाका सामाजीकविकास अधिकृत विनोद फुयाँलले जानकारी गराए । उनले भने यसलाई सम्पन्न र सार्थक वनाउनकालागिकम्पनिले स्थानिय हरु संग पनिनियमित समन्वय र नियमानुसार दिने सुविधापनिउपलव्ध गराउँँदै आएको छ । जस अनुसार कम्पनिले स्थानियहरुको रोहवर र जिल्लाका सरोकार हरुकाविचमा केहि दिन अघि मात्र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पनगरि सकेको जानकारी पनिफुयाँलले दिए । 


 

प्रतिकृया दिनुहोस

अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारको पहिलो अधिवेशन सम्पन्न

 अन्तर्रास्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारले संगठनको प्रथम अधिवेशन सम्पन्न गरेको छ । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्रास्ट्रिय

कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न । 

उद्धव मगर दोहा कतार ।।  कतार नेपाली एकता समाजको ऐतिहाँसिक पाँचौं राष्ट्रिय सम्मेल कतारको दोहामा सम्पन्न भएको छ । कतार नेपाली एकता समाजका अध्यक्ष

राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न ।। 

राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न भएको छ । मलेसियामा सम्पन्न अधिबेसन बिशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।