• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैनः प्रवक्ता शर्मा

 

 

 नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताएका छन् ।

दमक, बैशाख २९ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताएका छन् ।

उनले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गरे ।

झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले आज आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवादमा प्रवक्ता शर्माले अब जनताले अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था सधैँका लागि अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले राजनीतिक संस्कार विस्तारै परिवर्तनतर्फ उन्मुख भएकाले अब राजनीतिमा युवाको नेतृत्वको खाँचो रहेको बताए ।

उनले राजनीतिमा युवाको अग्रता, अगुवाइबिना मुलुकले परिवर्तन प्राप्त नसक्ने हुँदा युवाले असल राजनीतिक संस्कारलाई जोड दिनुपर्छ भने ।

प्रवक्ता शर्माले प्रजातन्त्र, लोकतन्त्र नारा जुलुस गर्न पाउनुमात्र नभएर नागरिकले मौन रुपमा राखेका मागलाई भने राज्यले उचित सम्बोधन गर्नुपर्ने धारणा राखे ।

अन्तरसंवादमा सहभागी युवाले युवा नेता शर्मासँग विभिन्न जिज्ञासासमेत राख्नुभएको प्रतिष्ठानका जिल्ला अध्यक्ष नवीन ढुंगानाले बताए । 

प्रतिकृया दिनुहोस

रामेछापको उमाकुण्डमा कांग्रेसको चियापन कार्यक्रम सम्पन्न ।।

नेपाली काँग्रेस उमाकुण्ड गाउपालिका  रामेछापले जिल्लाको उमाकुण्ड गाउपालिका स्थीत प्रीतिको च्यादलु डाडामा नजिकीदै गरेको बडा दशै,शुुभ दिपाली तथा छड

कांग्रेसका कार्यकर्ताहरुलाई चरित्रवान  वन्न आग्रह  ः दाहाल 

नेपाली काग्रेँस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका निर्देशक  एबं बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपाली काग्रेसका कार्यकर्ताहरु असल र

महिला शशक्तिकरण विना समाज परिवर्तन असम्भव – डा.सग्रौला

नेपाली काग्रेस की केन्द्रीय सदस्य एबं संघिय संसदकी सासद डा. डिला सग्रौलाले मुल्कका हरेक आन्दोलनमा महिलाहरुको पनि उत्तिकै भुमिका रहेको भन्दै महिला