• ON AIR
  • UP NEXTनेपाल खबर

भित्रियो तिहार, यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरिँदै ।। 

 हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मानिन्छ । यस दिन कागलाई पूजा नगरी, खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । यसै दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

तिहारको दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन कात्तिक कृष्ण औंशीका दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवर्द्धन पूजा, नेपाल सम्वत्को नयाँ वर्ष ११३९ र म्हःपूजा अर्थात् आत्मपूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

प्रतिकृया दिनुहोस

रामेछापका सबै पत्रकारद्वारा खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बहिष्कार

रामेछापको खाँडादेवी गाउँपालिका (आज) बुधबार हुने सार्वजनिक सुनूवाई कार्यक्रम जिल्लाका सबै सञ्चार माध्यमहरुले बहिष्कार गर्ने भएका छन्

बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप ।। 

लामो समयसम्म पनि बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप लागेको छ  । जिल्ला कारागार

रामेछापमा रुखमा झुन्डिएर युवकले गरे आत्महत्या ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ लामाटोलमा एक युवकले रुखमा झन्डिएर आत्महत्या गरेका छन । सोमबार राति रामेछाप नगरपालिका वडा नम्बर ८