• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

रामेछाप बजारमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने  ।। 


रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । रामेछाप नगरपालिका वडा नम्बर ८ वडा कार्यलयले  सूचना जारी गर्दै बजारमा राति १० बजेपछि देउसी भैलो नखेल्न र मदिरा विक्रि वितरण नगर्न आग्रह गरेको छ । अनुमति प्राप्त पसलहरुले पनि राति ९ बजेभन्दा अगाडी मात्र मदिरा बिक्री गर्न पाउने वडाले जनाएको छ । तिहारलाई लक्षित गरी वडा कार्यलयले  यस्तो सूचना जारी गरेको हो । वडा अध्यक्ष केदार कार्कीका अनुसार  चाडपर्वलाई अनुशासित तरिकाले सभ्य भव्य तरिकाले मनाउनका लागि यस्तो नियम बनाइएको बताउनुभएको छ । रामेछाप बजारका   होटलहरु राति ९ बजेपछि बन्द गरी बजारबासिहरुलाई तिहारको  बेला विभिन्न घटना घट्न सक्ने भएकाले राति बाहिरको बत्ति बालेर छाड्न आग्रह गरिएको वडाअध्यक्ष कार्कीले बताउनुभयो । मदिरा सेवन गरी होहल्ल गर्ने र जुवातास , कौडा खेल्ने, खेलाउनेलाई पनि कडा कारवाही गरिने वडा अध्यक्ष कार्कीको भनाई छ ।


 

प्रतिकृया दिनुहोस

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २

सुनकोशी नदीमा बनेको  कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ।। 

रामेछाप( जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको मझुवामा पर्ने सुनकोशी नदी थुनि अवैध रुपमा निर्माण