• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

सिन्धुलीमा पुन निर्माण कार्य सुस्त,राजनैतिक आग्रह पुर्वाग्रहका कारण सास्ती भोग्नु परेको भुकम्प पीडितहरुको भनाई ।।


२०७२ सालमा गएको भुकम्पपछिको पुन निर्माण कार्य सिन्धुलीमा सुस्त भएको छ ।विनासकारी भुकम्प गएको करिब ४२ महिना बिति सक्दा पनि सिन्धुलीका करिब ३० प्रतिशत भुकम्प प्रभावितले मात्र आवास अनुदानको पुरै किस्ता लिएका छन । सिन्धुलीका भुकम्प पीडितहरु ३९ हजार ८ सय ४१ मध्ये नेपाल सरकारले वितरण गरेको आवास अनुदान लिएर निजि आवास बनाउने लाभग्राहीको संख्या ११ हजार २ सय १८ रहेको छ । नेपाल सरकारको मापदण्ड अनुसार निजि आवास पुन निमा्र्रण गरी  ११ हजार २ सय १८  लाभग्राहीले पुरा रकम लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ सिन्धुलीले जनाएकोे छ । जसमा ३३ हजार १ सय लाभग्राहीले पहिलो,२४ हजार ८ सय २४ ले दोस्रो किस्ता बापतको रकम लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ सिन्धुलीका प्रमुख श्यामसुन्दर मिश्रले अर्थ सन्सार सिन्धुलीलाई जानकारी दिनु भयो ।  पहिलो चरणमा ३४ हजार २ सय ७९ लाभग्राही अनुदानको सुचिमा परेका थिए । त्यसपछि आफुहरु लाभग्राहीको सुचिमा नपरेको भन्दै २८ हजार ६ सय २६ जनाले गुनासो फारम भरेका थिए । जसमध्ये ५ हजार ५ सय ७२ जना लाभग्राहीको सुचिमा समावेश भएका मिश्रले बताउनु भयो । त्यसपछि सिन्धुलीमा अब भुकम्पको अनुदान पाउने ३९ हजार ८ सय ४१ लाभग्राही भएका उनको भनाइ छ । वर्षायाम सुरु हुनु भन्दा पहिला निजि आवास पुन निमार्ण काय्र्रले तिब्रता पाएको भएपनि हिउदयाम सुरु भएपछि अन्नबाली थन्क्याउने तथा खेतबारीको काममा व्यास्त रहेका कारण पुन निर्माण कार्यले तिब्रता नलिएको हो । निमा्र्रण सामाग्रीको क्रितिम अभाव,कालोबजारी,दक्ष कामदारको अभाव,्रऐलान्री जग्गा र  प्राविधिक जनशक्तीको अभावका कारण पुन निर्माण कार्यले तिब्रता पाउन नसकेको भुकम्प पीडितहरु बताउछन ।       सरकारी मापदण्ड झन्झटिलो भएका कारण पनि  पुन निर्माण कार्यले तिब्रता पाउन नसकेको उनिहरुको भनाई छ । भने कतिपय राजनैतिक कारण पनि आफुहरुले सास्ती खेप्नु परेको उनिहरुको भनाई छ । घरमा बस्न सक्ने स्थिती छैन अर्काे काठेघर बनाएर बसेका छौँ, राजनैतिक आग्रह पुर्व आग्रहका कारण आफुहरुलाई भुकम्प पीडितको सुचिमा समाबेश गरिएन सिन्धुलीको तिनपाटन १० का लिलाप्रसाद पहाडीको भनाई छ । मेरो जस्तो घर भुकम्प पीडितको सुचिमा नपर्दा सिन्धुलीका कस्ता घर भुकम्प पीडितको सुचिमा परेका छन आफुलाई हेर्न मन लागेको पहाडीको भनाई छ ।
 

प्रतिकृया दिनुहोस

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि महोत्सव २०७५ हुँदै ।। 

स्थानीय अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन र युवालाई कृषिमा आकर्षित गर्ने लक्ष्य सहित रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि

रामेछाप बजारमा  ५ दिने योग शिविर जारी ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा पाँच दिने योग शिविर कार्तिक २८ गतेबाट बाट सुरु भएको छ । रामेछाप पतञ्जली योग समिति रामेछापको आयोजनामा