• ON AIRहजुरको खवर
  • UP NEXTरोजाई तपाईको

धुलै धुलोले भरिएको रामेछाप बजार ।। 


बिहान १० बजे कार्यलय जाने समयमा अधिकांस ब्याक्तिहरु माक्स लगाएर हिडछ्न । मोटरसाइकल सार्वजनिक  यातायातका यात्रुहरुलाइ पनि उस्तै सास्ती हुन्छ । यहाँ जबकी माक्स बेगर बाहिर निस्कन नसकिने अवस्था भइरहेको छ । तर पनि सम्बन्धित निकाय  मौन छ । किन लाचार बन्दैछ ।  चुनाव अगाडि जनतासंग गरेको बाचालाई पनि कार्यन्वयन गर्न सकिरहेका  छैनन जनप्रतिनिधिले ं। चुनाव अगाडि भोट माग्नलाइ जादा खेरि सुन्दर र सफा हराभरा बजार बनाउने  सपनाहरू नगरवासी सामु बाडिएको थियो । तर चुनाव पछी यहाँका जनप्रतिनिधीले  यस बिषयमा चासो दिएनन् । सडकमा धुलो नै नियन्त्रण हुन सकेको छैन । धुलै धुलोले गर्दा सर्बसाधरणको लागि दिन दिनै समस्याहरु जटिल बन्दै गहिरहेका छन । घर बाट बाहिर निस्कने बितिकै मुखमा माक्स लगाएर सडकमा आउनुपर्ने त अब  सर्बसाधरण जनताको लागि दैनिकी भै सकेको छ । दिन दिन सडकको अवस्था दयनिय हुँदैछ । तर स्थानिय सरकार किन मौन छ ? कमसेकम सर्बसाधरण जनताको हितमा सोच्ने बेला त भयो हैन र नगरपालिकाले ? अब स्थानिय सरकारले हिँउद र वर्खामा हुने सडकको धुलो र हिलोको समस्याको समाधानका बिषयमा अलि गम्भीरता पुर्बक हेर्न जरुरी छ । अनि  यस्ता कुराहरुलाइ जनताहरुले पनि खबरदारी गर्न जरुरी छ । स्थानिय  सरकारले के कस्तो कामकारबाही गरिरहेको छ । जनताको हितमा काम गरेको छ कि  छैन भन्ने कुरामा अब जनताले नि चासो दिएर हेर्न र खबरदारी गर्न सहि काम को लागि सहयोग र गलत काममा खबरदारी भएमा मात्रै नगर  बिकाश ले गति लिन्छ । अब रामेछाप बजारमा ओहार दोहोर गर्ने नागरीकले   कति दिन सम्म बजारमा  माक्स लगाएर हिड्ने हो । कति दिनसम्म मुख थुन्ने र छि छि गर्नुपर्ने हो । कहिले हुन्छ । हाम्रो रामेछाप बजार  धुलो मुक्त अब यो बिषय सार्बजनिक बहस को बिषय बन्न जरुरी छ । अब जनता जान्न चाहान्छन । स्थानिय  सरकार वर्खामा हिलो र हिँउदमा धुलो मुक्त रामेछाप  बजार  कहिले बन्छ । भन्ने बिषय लाई जनचेतना फैलाउन र सभ्य   नागरिकको परिचय दिनलाई तपाई हामी सबै एक जुट भएर अगाडि बढ्नु आबश्यक छ र धुलो मुक्त रामेछाप  बजार  अभियान चलाउन आबश्यक छ । ३ , ४ दिन सडकमा पानी हाले जस्तो गरर जनताको आँखामा छारो हाल्ने काम कहिले नगरीयोस । रामेछाप नगरवासीले मेरो भोट खेरै गयो भन्ने वातावरण कहिले नबनोस । यस बारेमा अब त केहि साच्ने कि स्थानिय सरकार । 
 

प्रतिकृया दिनुहोस

 यस्तै छ रामेछाप

              रामेछापले देशका सपूतहरु जन्माएको छ तामाकोशीको पबित्र जलले सिंचन गरेर वरिपरि हिमाल,पहाड र भित्री मधेशका जिल्लाहरु समेट्दै अशल

                      मैले देखेको  रामेछाप ।।।

                        रामेछाप ताते कै हो समृद्धिका लागि कुरा राखे कै हो भोलिको खुसी र आनन्द पाउन नमूना सहर बनाउन लागे कै हो । केहि पाउन

हाम्रो रामेछापको चिनारी ।

  प्राण भन्दा प्यारो ,, हाम्रो रामेछाप जिल्ला । ईतिहासले भन्छ अाज,,तिनलालकाे किल्ला । स्वच्छ हावा स्वच्छ पानी ,,हाम्रो रामेछापको । जुनार धेरै