ओलीद्वारा मोदीको नेपाल भ्रमणमा गरिएका सम्झौताबारे संसदलार्ई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र यसक्रममा गरिएका सम्झौता र सहमतिका बारेमा संसदलार्ई जानकारी गराएका छन् ।प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति भने असन्तुष्टि जनाए ।मुख्यमन्त्रीको नाम नलिएपनि नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको उल्लेख गरे । यो नेपाल सरकारको नीति अनुसार नभएको पनि उनको भनाइ छ । जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए । विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको राउतको भनाइ थियो ।संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैमा आज पनि आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ । बिहीबारदेखि शुरु भएको छलफल दुई दिन स्थगित भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि दुई दिन बैठक स्थगित गरिएको थियो । बजेटका प्राथमिकता र सिद्धान्त पारित भएपछि सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम पेश गरिनेछ ।

प्रतिकृया दिनुहोस

नेकपाकेन्द्रीय समितिले आज पूर्णतापाउने  ।।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समितिले आज पूर्णतापाउने भएको छ । हिजो नै पूर्णतापाउने बताएपनितत्कालीनमाओवादी केन्द्रमा रहेका

पार्टि एकताको खुशियालिमा रामेछाप बजारमा पनि दिपावली ।।

नेकपा एमाले र माओवादी केन्द्रबिच भएको पार्टि एकताको स्वागत गर्दै पार्टि एकताको खुशियालीमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप

मोहन वैद्य भन्छन् : माओवादी एमालेमा विलय भयो

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्र एमालेमा विलय भएको टिप्पणी गरेका छन् । प्रदेश १ स्तरीय युवा प्रशिक्षण