• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

संरक्षित वन्यजन्तु सालकको खपटासहित रामेछापका युवक पक्राउ ।। 


जिल्ला प्रहरी कार्यालय दोलखाले रामेछाप गोकुलगंगा गाँउपालिका वडा नं। ५ बस्ने २० वर्षीय प्रल्हाद खड्कालाई पक्राउ गरिएको हो । खड्कालाई हिजो अपरान्ह ४ बजे दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ५ बाट पक्राउ गरेको दोलखाका प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

दोलखा तामाकोशी गाँउपालिका वडा नं ५ मा सालकको खपटा बिक्री वितरणको लागि ल्याउँदै छ भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । खड्काले मोटरसाइकलबाट ल्याउँदै गरेको संरक्षित वन्यजन्तु सालकको खपटा २ किलो ६ सय ग्राम प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीहरुको बा ९१ प ५८४४ नं। र बा ८३ प २९१९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि महोत्सव २०७५ हुँदै ।। 

स्थानीय अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन र युवालाई कृषिमा आकर्षित गर्ने लक्ष्य सहित रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि

रामेछाप बजारमा  ५ दिने योग शिविर जारी ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा पाँच दिने योग शिविर कार्तिक २८ गतेबाट बाट सुरु भएको छ । रामेछाप पतञ्जली योग समिति रामेछापको आयोजनामा