• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

अब उपल्लो र अपर खिम्ती जलविद्युत आयोजनामा काठमाडौंबाटै शेयर हाल्न पाइने ।


रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाले स्थानीय प्रभावितहरुको लागि जारी गरेको शेयर काठमाडौंबाट पनि हाल्न पाइने भएको छ । उपल्लो खिम्ती १२ मेगावाट र अपर खिम्ती ७ मेगावाट जलविद्युत आयोजनामा रामेछाप र दोलखाका स्थानीय प्रभावित बासिन्दाले ९ करोड ९० लाख शेयर हाल्न पाउने भएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ९ करोड ९० लाखको स्थानीय शेयर निष्कास गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको स्थानीय शेयरमा स्थानीयले न्युनतम ५० देखि अधिकतम् ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने छ । जलविद्युत आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीय बासिन्दालाई आईपीओ निष्कासन गरिएको हो । रामेछापको गोकुलगंगा गाउँपालिका २, ३, ४ र ५ (साविकको ठोसे, रस्नालु, बेताली र नामाडी गाविस) जिरी नगरपालिकाको साविक माली गाविस, तामाकोसी गाउँपालिकाको वडा नम्बर ५ र ६ साविक सहरे र च्यामा गाविस तथा मन्थली नगरपालिकाको साविक फुलासी गाविसको लागि ५ लाख ९४ हजार कित्ता आयोजना प्रभािवत क्षेत्रका बासिन्दाहरुलाई शेयर निष्कासन गरिएको छ ।

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित