• ON AIRहजुरको खवर
  • UP NEXTरोजाई तपाईको

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड आज हुने ।।  


निर्माणको अन्तिम चरणमा पुगेको दोलखा स्थित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि आज पहिलो चरणको शेयर बाँडफाँड गर्ने भएको छ । माथिल्लो तामाकोशी आयोजनाको शेयर विक्रि प्रवन्धक नागरिक लगानी कोष र सहायक प्रवन्धक सनराईज क्यापिटलले २ लाख ७६ हजार आवेदकको लागि आज शेयर बाँडफाँड गर्ने भएको हो । माथिल्लो तामाकोसी आयोजनाका प्रमुख बिज्ञानप्रसाद श्रेष्ठले हिजो धितोपत्र बोर्डवाट शेयर बाँडफाँडका लागि अनुमति प्राप्त भएको र आज बाँडफाँड हुने जानकारी दिनुभयो । आयोजनाले सर्वसाधारणलाई छुट्टयाएको २ करोड ६४ लाख ७५ हजार कित्ता शेयर मध्ये पहिलो चरणमा दोलखाबासीका लागि १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरिएको थियो । दोलखावासीका लागि निश्काषन गरिएको १ अर्व ५ करोड ९० लाख बराबरको शेयरमा तेब्बर भन्दा बढी अर्थात करिव पौने ३ करोड बराबरको शेयर आवेदन परेको थियो ।  आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निश्कासन गरिएकोमा करिव २ लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए । आयोजना प्रभावित क्षेत्रका आधारमा आज बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १ सय २ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । आवेदकको बाँकी रकम अबको ५ दिनभित्र आवेदन भरेको खाता मार्फतनै फिर्ता हुने उहाँले बताउनुभयो । माथिल्लो तामाकोशी आयोजनाले गत साउन १६ देखि भदौ १४ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो । पहिलो चरणको समय अवधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप ७ दिन थपेर भदौ २१ गतेसम्म शेयर आवेदन भर्ने व्यवस्था मिलाईएको थियो । शेयर आवेदन गरेका मध्ये १० जनाले दुई स्थानवाट आवेदन दिएको पाईएको र उनीहरुको आवेदन रद्ध हुने प्रवक्ता न्यौपानेले बताउनुभो । यसैबीच, आयोजनाले दोलखाबासीको शेयर बाँडफाँड लगत्तै दोस्रो चरणमा सर्वसाधरणका लागि शेयर निष्कासन गर्ने तयारी पनि गरेको छ । दोस्रो चरणमा साधारण शेयर अन्तर्गत सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन हुने माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित