स्थानीय तह मार्फत सञ्चालन हुने विपद् व्यवस्थापन कार्यक्रम लाई प्रभावकारी कसरी वनाउन सकिन्छ । छलफल

स्थानीय तह मार्फत सञ्चालन हुने विपद् व्यवस्थापन कार्यक्रम लाई प्रभावकारी रुपमा अगाडि बढाउन स्थानीय तह आमसञ्चार माध्यम,नागरिक समाज सँस्था र आमनागरिकको भुमिका कस्तो हुनुपर्छरुभनेर हामी आज रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा छलफल गदै छौ

रामेछाप जिल्लाका साविकको ५५ ओटा गा.वि.स मध्ये २९ ओटा गा.वि.स सुख्खा ग्रस्त क्षेत्र घोषणा भएका छन । त्यो संगै यहाँ डढेलो आगालागी त्यसैगरी भुुकम्प लगायत बाढी पहिरोको एकदमै बढि जोखिम पनि छ । अब स्थानीय तह मार्फत सञ्चालन हुने विपद् व्यवस्थापन कार्यक्रम लाई प्रभावकारी रुपमा अगाडि बढाउन स्थानीय तह आमसञ्चार माध्यम,नागरिक समाज सँस्था र आमनागरिकको भुमिका कस्तो हुनुपर्छरुभनेर हामी आज रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा छलफल गदै छौ । छलफलमा हामीसँग हुनुहुन्छ मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत नागरिक समाज सस्थाका प्रतिनिधि, आम सञ्चार माध्यम र स्थानीय नागरिकहरु । तपाई सम्पुर्ण छलफलमा स्वागत गदै  छलफल शुरु गर्छु नगरप्रमुख ज्युबाट ।  
१. मन्थली नगरपालिकामा विपद व्यवस्थापनको अबस्था कस्तो छ ? 
मन्थली नगरपालिकाको पहिलो नगरसभाबाट नगरमा हुने विपदको लागि  विपद कोष स्थापना गरेको छ । त्यो चाहीँ १० लाखबाट शुुरु गरेका छौ । हामीले मन्थली नगरपालिकामा विपद् व्यवस्थापनका लागि वातावरण तथा विपद् व्यवस्थापन मन्थली नगरपालिका भित्र एउटा समिति छ । त्यसको विभागीय जिम्मेवारी लिएर हामीले कर्मचारीको व्यवस्थापन गरेका छौ । मन्थली नगरपालिकामा डढेलो सम्भावना ज्यादा छ । नगरपलिकासँग दमकाल छ । त्यसलाई अप टुडेड राखेका छौ । हाम्रो शक्तिले मात्र पुरा गर्न नसक्ने हुँदा नेपाल प्रहरीसँग मिलेर त्यसको एउटा युनिट पनि बनाएको छौ । अनि सिभिल जनशक्ति नपुग्दा प्रहरी, स्थानीय नागरिक पनि हुनुहुन्छ ।
सहभागि तर्फ फर्कन्छु , आगालागी, वाढी पहिरो जस्तै सम्भावित विपद्हरुको बारेमा नगरपालिकाले काम गरिरहँदा काम भएको त्यस्तो केही देख्नु भएको छ रु
 म सिर्जना बस्नेत मन्थली नगरपालिका १ वडामा बस्छु, अस्ति भरखरको मात्रै यही नजिकै आगालागि हुदाँ खेरी भाँडापसलमा आगालागि हुँदा खेरी दमकल हुँदा धेरै सहयोगी हुँदो रहेछ । चाँडो प्रविधि साथमा हुनु र नहुनुृमा धेरै अन्तर परिहाल्छ जसले गर्दा विपद् व्यवस्थापन गर्नको लागि सहज चाँहि भएको छ । पहिलाको तुलनामा अहिले।
त्यसैगरी यहाँ अर्को एकजना स्थानिय नागरिक पनि हुनुहुन्छ आउन सक्ने सम्भावित विपद्हरु छन् । त्यसलाई पुर्व तयारी गनुपर्ला व्यवस्थापन गनुपर्ला त्यो बेलामा स्थानिय तहले के के गरिदिए हुन्थ्यो जस्तो लाग्छ रु 
रामचन्द्र वि क मन्थली 
विपद् व्यवस्थापनको लागि के के कुरा स्थानीय तहले दिन्छरुभन्ने कुरा नागरिकलाई थाहा छैन त्यस्तो खाले कुराहरु स्थानीय तहले नागरिकहरुलाई सुचना प्रवाह गर्ने यस्ता विपद् सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने जसले गर्दा चाँही स्थानीय नागरिकहरु तत्काल केही विपद्को घटना छट्यो भने हाम्रो सरकार  छ स्थानीय सरकारले व्यवस्थापन गर्छ भन्ने तर्फ लाग्थ्यो र छिटै त्यहाँ चाहिँ ठुलो विपद् हुनबाट जोगिन्थ्यो। स्थानिय तह र नागरिकबीच एकदमै सम्बन्ध हुनुप¥यो ।
विपद् सम्बन्धी योजनाहरु स्थानिय तहले बनाईरहेको छ त्यो नागरिक समक्ष पु¥याउने र त्यसलाई प्रभावकारी कार्यन्वयन गर्नका लागि आमसञ्चार माध्यमको अबको भुमि के हुन्छ रु
हिमाल ढुङगेल 
जतिबेला विपति आएको हुन्छ, त्यतिखेर धेरै  महत्वपुर्ण भुमिका सञ्चारको हुन्छ । तपाईलाई याद छ भने एकचोटि छोरोल्पा फुट्यो भन्दा यहाँका नागरिकहरु  सबै घरका सामान बोकेर रातरात भागेर बच्चाहरु काखी च्यापेर देख्नुभयो त्यतिखेर सञ्चार सस्थाले के भने त भन्दा छोरोल्पा फुटेको हैन कोशीमा सामान्य बाढी आएको हो आतेर भाग्नुपदैन घर छोडोर जानुपर्ने  अवस्था छैन भनेर भन्यौ ।कहाँ उद्धार भईराखेको छ रु अवस्था के छरु आतिनुपर्ने अवस्था हो कि हैनरु उद्धारदेखि सहयोगिको अपिल सम्म पुर्व सुचना यो हुदैछरुसुचना दिने त्यसभन्दा पहाडि भईसकेको घटनाको बारेमा जानकारी गराउने यो काममा विशेष गरी एकदमै महत्वपुर्ण भुमिका सञ्चार सस्था र  सञ्चारकार्मीको छ । 
बिपद ब्यबस्थापनमा सकृय सहभागिताको लामो ईतिहास बोकेकोे नेपाल रेड्क्रस सोसाईटीका प्रतिनिधी हामीसंग हुनुहुन्छ । विपद्को क्षेत्रमा काम गरिरहनु भएको छ काम गर्नका लागि स्थानिय तहले कसरी सहयोग गरिरहेको छ 
जय प्रकाश श्रेष्ठ –नेपाल रेडक्रस सोसाईटी रामेछाप जिल्ला शाखा मन्त्री 
अब विपद् सम्बन्धी काम गर्नलाई चाँहि रेडक्रस सोसाईटी एकले मात्रै. गरेर पनि सम्भव छैन्। हामीले स्थानीय सरकारहरुसँग मिलेर नै विपद्का व्यहोरामा अस्ति भरखर्र मात्रै पनि एउटा विपद् सम्बन्धि नै डेमो कार्यक्रम भएको थियो,जो विपद्सँग काम गर्ने सरोकारवाला लगाएर सेना प्रहरी र सिडियस भए्र एउटा डेमो कार्यक्रम भएको थियो । अर्को कुरा के छ भने मेयर साबलाई अलिकति अनुरोध गर्न चाहान्छु,भरर्खर हाम्रो सिर्जना बहिनीले पनि कुरा उठाउनु भएको थियो दमकलको विषयमा जुन अब चाहिँ दमकल आएर मन्थली नगरपालिकामा धेरै सहज भएको छ । तर एउटा खड्किएको कुरा के लाग्छ भने दमकल त छ तर दमकल चलाउने र दमकल ड्राईभर जुन छ चालक त्यस्को अभाव त्यो प्राविधिक भयो नि देखि चाँहि हामीलाई सहि रुपमा सहि समयमा चाँहि हामीले ठयाक्कै ठाँउमा पुगेर त्यो घटनाबाट जोगाउन सकिन्छ ।
प”र्व स्थानिय निकायको प्रतिनिधि हुनुहुन्छ जस्तै हिजोको स्थानिय निकाय हुुदाँ खेरी चाँहि तपाईहरु जस्तो हुन सक्ने विप्दहरु हैन त्यो व्यवस्थापन गर्नका लागि चाँहि तपाईहरुश्रले को को सँग सहकार्य गरेर चाँहि कसरी काम गनुहुन्थ्यो त्यो बेलामारु
विष्णु बस्नेत ( सुकाजोर गाँउविकासको पुर्व अध्यक्ष 
त्यस्तो विपद्मा परेको बेलामा हामी सबभन्दा पहिले चाँहि प्रशासनलाई खबर ग¥थ्यौ त्यसपछि आर्मिलाई पनि खबर गथ्यौ त्यसपछि रेड्क्रसलाई चाँहि राहतका लागि त्यहाँ अप्ठ्यारो परेको बेलामा तलता कपडाहरु भाँडाकुडाहरुको निम्ती रेड्क्रसले के के दिन सक्छ रु त्यहाँ हामी सिफारिस गरेर पठाँउथ्यौ । डढेलोबाट विप्द, भुकम्पबाट विपद्, लडेर पनि विपद् मान्छे एक्कासी छतबाट खस्छ घरबाट खस्छ भिरबाट खस्छ इत्यादि कुराहरु हुन्थ्यो कुनै मान्छेहरु गरिब हुन्थ्यो केही नहुने मान्छेहरुलाई पनि हामी विप्दमा परेका बेलामा त्यो विप्दको आधारले उसको आर्थिक अवस्थाको आधारले त्यस लाई सहयोग गरेर पठाउँथ्यौ । अझ सम्म पनि स्थाीनय तहमा यो विप्द व्यवस्थापनको राहत पाइन्छ भन्ने कुराहरु आमजनताहरुलाई थाहा छैन यो थाहा दिनुप¥यो। विपद्मा परेका बेला स्थानीय तहले यति सम्म सहयोग गर्ने सक्छु भनेर थाहा पाउन प¥यो ति जनताहरुले अनि त्यहाँ आउँछन । अझै पनि रेड्क्रससँग माग्न जान्छन् सिडियोसँग माग्न जान्छन् यहाँबाट अन्यता थाहा छैन् । स्थानीय तहमा छुटिएको छ बजेट हामीले त्यहाँ पनि राहात पाँउछौ. भन्ने कुराहरु पनि उनीहरुलाई पनि जानकारी हुनुपर्दछ । त्यसले गर्दा अलि प्रभाव हुन्छ होला जस्तो लाग्छ ।
अव हामी छलफलको अन्तिम तिर आइपुगीसकेका छौ । यहाँ सहभागी सबैको कुरा सुन्दा त मुख्य कुरा सुचना र चेतना पर्याप्त नभएर नै विपद्बाट समस्या भइरहेको पाइयो अव आमनागरिकलाई पुर्वसुचना दिन नगरपालिकाले के गर्छ त ? 
  रमेश बस्नेत
 स्थानीय सरकारले आफ्नो योजनाहरुमा विपद्लाई पनि उतिकै प्राथमिकतामा राखेर योजनाहरु बनाइरहेको छ ।हामीले पहिला कोष स्थापना गरेर रकम जम्मा गर्न लागिसकेका छौ ।त्यसलाई विस्तारै बढुवा दिदै जाने हो ।दमकलको कुरा आएको छ नगरपालिकाले दमकल व्यवस्थापन गर्न आफ्नो श्रमशक्ति स्थापना गर्न सकेका छैनौ ।यसका लागि सबभन्दा पहिला कार्यविधि चाहियो हालै मात्र चैत २६ गते दमकल र विपद व्यवस्थापन सम्बन्धी एउटा कार्यविधि पास गरेका छौ त्यो कार्यविधि पास भइसकेपछि दमकल चलाउन ६ जना जनशक्ति  व्यवस्थापन हुन्छ ।
 विपद् पर्दा कसलाई खबर गर्ने
हामीले हडलाइनको व्यवस्था गर्न सकेका छैनौ ।अहिले केही विपद् परेमा प्रहरीकहाँ खबर जान्छ प्रहरीले हामीलाई तत्काल खबर गरिहाल्छ।केही समयपछि नगरपालिकाले आफ्नो हडलाइनको व्यवस्था गर्दैछ ।
र अन्तिममा विपद् व्यवस्थापनलाई प्रभावकारी कार्यन्वयन गर्न तपाइहरुको योजना के छ र नागरिक समाज सस्था अनि आमसञ्चार सँग के अपेक्षा छ रु
रामेछाप जिल्ला बढी बाढीपहिरो जोखिम जिल्ला हो । साथै सुख्खाग्रस्त क्षेत्र हुदाँ आगलागीको पनि प्रचुर सम्भावना छ ।हामी आउनसक्ने विपद्को लागि सदैब तयार छौ ।हामीलाई नागरिक समाज सस्थाले पनि साथसहयोग दिइरहनुभएको छ आगामी दिनमा पनि अपेक्षा गर्छाै ।सबै भन्दा पहिला आमनागरिक समक्ष सुचना पु¥याउने नै आमसञ्चार माध्यम हो त्यही भएर उहाँहरुलाई हामी सहकार्य समन्वय गर्दै अगाडी बढौ भन्छौ चाहिने साथ सहयोगको लागि सधै तत्पर छौ ।
  आज हामीले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिक,स्थानीय तह आमसञ्चार माध्यम र नागरिक समाज सस्थाको भुमिका के हुन्छ भनेर छलफल ग¥यो छलफलमा सहभागी भइदिनुभयो तपाई सम्पुर्णलाई विशेष धन्यवाद ।
 

प्रतिकृया दिनुहोस

‘मोदी भ्रमण रणनीतिक हो’

  मोदी र भारत सरकारको स्वार्थमा जनकपुर (तराई भेग) मात्र छैन — प्रा. जयराज आचार्य नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि

कांग्रेसमा तत्काल नीति र नेतृत्व परिवर्तन जरुरी छ स् प्रदिप पौडेल

वैशाख २० । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पार्टीभीत्र विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् ।