• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

मुलुक सम्बृद्धिको लागि हाइड्रोपावरको विकास आवश्यक छ मन्त्री ढुङ्गेल ।।


प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले मुलुक सम्बृद्धिका लागि हाइड्रोपावरको विकास जरुरी रहेको बताउनुभएको छ । हिमालय उर्जा विकास कम्पनी लिमिडेले गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरेमा शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले जिल्लाको समग्र विकासको लागि पनि हाइड्रोपावरको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कम्पनीका संचालक प्राध्यापक डाक्टर भीमप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कम्पनी मार्फत निर्माण भईरहेको उपल्लो खिम्ती १२ मेगावट र अप्पर खिम्ती ७ मेगावाटको जलविद्युत आयोजनाको ७० प्रतिशत कार्य सम्पन्न भएको जानकारी परियोजना व्यवस्थापक रमाकन्त गैरेले जानकारी गराउनुभएको थियो । ३ अर्ब १५ करोडको लागतमा निर्माणाधिन उक्त परियोजना आगामी ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको परियोजनाले जानकारी गराएको छ । परियोजनाले हाइड्रोपावरबाट प्रभावित क्षेत्रका नागरिकहरुलाई न्यूनतम ५ हजार देखि अधिकतम ४ लाख ९० हजार सम्म शेयर वितरको कार्य सुरु गरिसकेको छ । कार्यक्रममा ३ नं. प्रदेश, रामेछाप “क” का सांसद शान्तिप्रसाद पौडेल, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । 
 

प्रतिकृया दिनुहोस

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा फ्रि वाईफाई सेवा । 

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालीकाले ३ वटा वडामा ‘फ्रि वाई–फाई’ सेवा को व्यवस्था गरेको छ । प्रविधि मैत्री गाउँपालीका बनाउने उद्धेश्य

रामेछाप जिल्लामा पहिलो पटक अप्टिकल फाइबर जडान ।

रामेछाप जिल्लामा पहिलो पटक अप्टिकल फाईबर जोडिएको छ । दु्रत गतिको इन्टरनेटको सेवा प्रदान गर्ने उदेश्यले नेपाल टेलिकमले बदिवासबाट बिपी राजमार्ग